कोशी सरकारबारे मुद्दामा पूर्ण इजलासमा सुनुवाइ
विराटनगर । कोशी प्रदेश सरकार विवादसम्बन्धी मुद्दामा बिहिवार सुनुवाइ हुने भएको छ । उक्त मुद्दाको पेशी न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको पूर्ण इजलासमा तोकिएको छ ।
यसअघि दुईजना न्यायाधीशको संयुक्त इजलासले सुनुवाइका लागि पूर्ण इजलासमा पठाएको थियो । कोशी प्रदेशका तत्कालीन मुख्यमन्त्री केदार कार्की आफू मुख्यमन्त्री हुँदाहुँदै अर्का मुख्यमन्त्री तोकिनु असंवैधानिक भन्दै सर...





























