बुबाको काजकिरिया कर्ममा बसेका छोराको मृत्यु
झापा । आफ्ना दिवङ्गत बुबाको शोकमा रहेका झापाको शिवसताक्षीका एक व्यक्तिको काजकिरिया कर्ममा बसेका बेला मृत्यु भएको छ । उनको मृत्युपछि परिवारमा दोहोरो शोक थपिएको छ ।
शिवसताक्षी नगरपालिका–११ का ४५ वर्षीय गणेश घिमिरेको यस्तो अवस्थामा मृत्यु भएको हो । बुबाको १३ दिने कर्मका लागि बसेका उनको आठौँ दिनमा सोमबार बेलुका मृत्यु भएको हो ।
सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका उनका बुबा दिलबहादुर घिमिरेको सा...





























