एमाले नेता कार्यकर्तालाई मन्त्री राईको निर्देशनः धनकुटामा फेरि क्लिन स्वीप गर्ने गरी लाग्नुस्
धनकुटा । नेकपा एमालेका केन्द्रिय सदस्य एवं खानेपानी मन्त्री राजेन्द्र राईले धनकुटामा फेरि पनि ‘क्लिन स्वीप’ गर्ने गरी लाग्न एमाले नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । नेकपा एमाले जिल्ला पार्टी कार्यालय श्रीवानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता राईले यस्तो निर्देशन दिएका हुन् ।
धनकुटामा संघ, प्रदेश, सात वटै स्थानीय तह र ६० वटै वडा जित्न सक्ने सामर्थ्य एमालेसँग रहेको भन्दै उनले एकजुट भ...




























