उदयपुरमा पार्किङ गरेको बोलेरोभित्र भेटियो ९४० किलो गाँजा

उदयपुरमा पार्किङ गरेको बोलेरोभित्र भेटियो ९४० किलो गाँजा

विराटनगर । उदयपुरमा पार्किङ गरेर राखिएको बोलेरोबाट ठूलो परिमाणमा गाँजा बरामद भएको छ । आज बिहान चौदण्डीगढी नगरपालिका-१ चारघरेस्थित रानिटार-बेल्टार भित्री सडकखण्डमा पार्किङ गरी राखिएको बोलेरो गाडीबाट ९४० किलो गाँजा बरामद भएको हो । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बा १४ च २२५५ नम्बरको बोलेरोमा चेकजाँच गर्दा गाँजा फेला पारेको हो । गाँजा ओसार-पसारमा संलग्न व्यक्तिहरू फरार छन् । उनीहरूको खो...
विराटनगरमा इन्डोर क्रिकेट प्रतियोगिता हुँदै

विराटनगरमा इन्डोर क्रिकेट प्रतियोगिता हुँदै

विराटनगर । सिद्धार्थ स्पोर्टिङ क्लब विराटनगरले विजया दशमीको अवसरमा इन्डोर क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । आपसी भाइचारा, सद्भाव र खेलकुदको विकास गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागिएको हो । ‎ ‎विराटनगरस्थित जेनियल फुटसलमा असोज २७ र २८ गते प्रतियोगिता सञ्चालन हुने क्लबका प्रतिनिधि अफताब अलिले जानकारी दिए । प्रतियोगितामा १२ टिमको सहभागिता हुने छ । ‎ सहभागी टिमलाई तीन तीन समूहमा विभा...
धनकुटाको निशान भगवती मन्दिरमा राखियो जमरा (फोटो फिचर)

धनकुटाको निशान भगवती मन्दिरमा राखियो जमरा (फोटो फिचर)

धनकुटा । बडादशैंको पहिलो दिन आज धनकुटाको निशान भगवती मन्दिरमा पनि जमरा राखिएको छ । आज बिहान ११ः४७ को उत्तम साइतमा घटस्थापना गरी जमरा राखिएको हो । निशान भगवती मन्दिरमा वि.सं. १८३१ सालदेखि निरन्तर जमरा राख्ने गरिएको छ । विशेष पुजा-आराधाना गरि विधिपूर्वक जमरा राखिएको मन्दिरका पुजारी चिरञ्जीवी सापकोटाले जानकारी दिए । आज राखिएको जमरा दशैँको टीकाको दिन देवीको प्रसादको रूपमा ग्रहण गरिन्छ । मन्दिरमा...
धनकुटामा खसीबोका किनबेच गर्नेको घुइँचो

धनकुटामा खसीबोका किनबेच गर्नेको घुइँचो

धनकुटा । हिन्दुहरूको महान् चाड बडादशैँ सुरु भएसँगै धनकुटाका हाट-बजारमा खसीबोका किनबेच गर्नेको घुँइचो लाग्न थालेको छ । धनकुटा बजारमा लाग्ने हाट-बजारमा गाउँ-गाउँबाट खसीबोका ल्याएर बेचबिखन गर्नेको घुइँचो लाग्न थालेको हो । धनकुटा र हिले बजारमा बिहीबार, पाख्रीबासमा शनिबार तथा सिधुवा र थलथलेमा लाग्ने साप्ताहिक हाटमा खसीबोका, हाँस, कुखुरा, बंगुर, खाद्यान्न तथा लत्ताकपडा किनबेच गर्नेको भीड बढेको छ । ...
विराटनगरमा अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनको तयारी पूरा, यस्ता छन् एजेण्डा

विराटनगरमा अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनको तयारी पूरा, यस्ता छन् एजेण्डा

विराटनगर । कोशी प्रदेश सरकारको आयोजनामा असोज २७ र २८ गते विराटनगरमा आयोजना हुने अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ । आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पत्रकार सम्मेलन गर्दै सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो । सम्मेलनमा सातै प्रदेशका मुख्यमन्त्री, मुख्य न्यायाधिवक्ता, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष र प्रमुख सचिव सहभागि हुनेछन् । संघीय शासन...
विराटनगरमा मोटरसाइकल चोरीका घटना बढ्दै, थोरै मात्र भेटिन्छन्

विराटनगरमा मोटरसाइकल चोरीका घटना बढ्दै, थोरै मात्र भेटिन्छन्

विराटनगर । असोज १८ गते आइतबार दिउँसो सुमन गुरागाईंले विराटनगर-६ सरोचियास्थित शैलेश मन्दिर अगाडिको सडकमा मोटरसाइकल पार्किङ गरे । चाबी गोजीमा राखेर उनी आफ्नो कामतर्फ लागे । तर काम सकेर फर्कँदा उनको मोटरसाइकल चोरी भइसकेको हुन्छ । सिसी क्यामेरा फुटेज अनुसार दिउँसो करिब ३ः३० बजे उनको प्र. १-०२-०६० प ४६७७ नम्बरको मोटरसाइकल चोरी भएको देखिन्छ । फुटेजमा एक जना मानिस केही समय मोटरसाइकल राखेको स्थान वरिप...
धनकुटाको निजामती आविका विद्यार्थीले बनाए एआई रोबोटिक्स उपकरण

धनकुटाको निजामती आविका विद्यार्थीले बनाए एआई रोबोटिक्स उपकरण

धनकुटा । धनकुटाको चुलिवनस्थित निजामती आवासीय विद्यालयका विद्यार्थीहरूले कृत्रिम बुद्धिमत्ता एआई रोबोटिक्स र कोडिङ सम्बन्धी स्वचालित स्मार्ट उपकरण बनाएका छन् । ६ दिनसम्म सञ्चालन भएको एआई रोबोटिक्स तालिम पश्चात् विद्यार्थीहरूले उपकरण बनाएका हुन् । उनीहरूले स्मार्ट ब्लाइण्ड स्टिक, ब्लुटुथ कन्ट्रोलर कार, स्मार्ट डस्टबिन, स्वचालित गमला, ग्यास पत्ता लगाउने उपकरण, अवरोध पहिचान गर्ने रोबोट र ट्राफिक ला...
विराटनगरमा इसोनर्म फास्ट फुटसल, गोर्खा लेजेन्ड वारियरलाई उपाधि

विराटनगरमा इसोनर्म फास्ट फुटसल, गोर्खा लेजेन्ड वारियरलाई उपाधि

विराटनगर । प्रथम संस्करणको ‘इसोनर्म फास्ट ४० फुटसल कप २०२६’ को उपाधि आयोजक गोर्खा लेजेन्ड वारियर फुटसल क्लबले जितेको छ । विराटनगरस्थित जेएनएल फुटसलमा भएको फाइनल खेलमा एलएलएफसी फुटसल टिमलाई ३-० गोल अन्तरले पराजित गर्दै आयोजक टिमले उपाधि हात पारेको हो । उपाधिसँगै आयोजक टिमले नगद ५५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता एलएलएफसीले नगद २२ हजार २ सय २२ रुपैयाँ...
जहदामा तरकारी बोकेको गाडीबाट ५७० किलो गाँजा बरामद

जहदामा तरकारी बोकेको गाडीबाट ५७० किलो गाँजा बरामद

विराटनगर । मोरङको जहदा गाउँपालिका-४ रामचोकबाट सशस्त्र प्रहरीको टोलीले तरकारी बोकेको पिकअप गाडीबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । शंका लागेर चेकजाँच गर्दा तरकारीको बीचमा लुकाएको अवस्थामा ५७० किलो गाँजा बरामद भएको हो । सशस्त्रका अनुसार प्र १-०१-०० च ७४२२ नम्बरको गाडीलाई चेकजाँच गर्न खोज्दा चालक गाडी छाडेर फरार भएका छन् । गाँजा र गाडीलाई बीओपी नोचामा राखिएको छ । चालकको खोजी भइरहेको र बरामद ग...
धनकुटामा शव बोकेको एम्बुलेन्स दुर्घटना

धनकुटामा शव बोकेको एम्बुलेन्स दुर्घटना

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-५ स्कुलडाँडास्थित मध्यपहाडी लोकमार्गमा एम्बुलेन्स दुर्घटना भएको छ । विराटनगरबाट शव बोकेर भोजपुरतर्फ जाँदै गरेको एम्बुलेन्स गएराति करिब १२ः३० बजे दुर्घटनामा परेको हो । भोजपुरको रामप्रसादराई गाँउपालिकाद्वारा संचालित बा.प्र.०१-०२-००२ झ ६१९० नम्बरको एम्बुलेन्स सडकबाट खोल्सीमा खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा चालक रामप्रसादराई गाउँपालिका-८ का २१ वर्षीय शक्...
विराटनगरको सास्थम कलेजले पढाई पुरा गरेका विद्यार्थीलाई गर्यो बिदाई

विराटनगरको सास्थम कलेजले पढाई पुरा गरेका विद्यार्थीलाई गर्यो बिदाई

विराटनगर । विराटनगरको सास्थम कलेजले बीएचएम, बीबीए र एमबीएको पढाई पुरा गरेका विद्यार्थीहरूलाई बिदाई गरेको छ । चार तारे होटल रत्नामा आज कार्यक्रम आयोजना गरेर १२५ जना विद्यार्थीलाई सम्मानसहित बिदाई गरिएको हो । बीएचएम २०८० ब्याचका ५० जना, बीबीए २०७९ ब्याचका ६० जना र एमबीएका १५ जना विद्यार्थीलाई बिदाई गरिएको छ । विद्यार्थीहरूलाई सास्थमका क्याम्पस प्रमुख विनय विष्णु केसी, क्याम्पस म्यानेजर महेश्वर...
नेकपाले देवा यादवलाई दियो विराटनगर महानगर इन्चार्जको जिम्मेवारी

नेकपाले देवा यादवलाई दियो विराटनगर महानगर इन्चार्जको जिम्मेवारी

विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले देवा यादवलाई विराटनगर महानगरपालिका इन्चार्जको जिम्मेवारी दिएको छ । नेकपा मोरङ जिल्ला कमिटीको बैठकले यादवलाई महानगर इन्चार्जको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो । विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका यादव यसअघि महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा अखिल (क्रान्तिकारी) बाट स्ववियु सहसचिव भएका थिए । उनी हाल पार्टीको कोशी प्रदेश सच...
धनकुटामा चाडपर्व लक्षित बजार अनुगमन, अखाद्य बस्तु बरामद

धनकुटामा चाडपर्व लक्षित बजार अनुगमन, अखाद्य बस्तु बरामद

धनकुटा । धनकुटामा चाडपर्व लक्षित बजार अनुगमन गरिएको छ । बजार क्षेत्रमा सञ्चालित होटल, फलफूल पसल र किराना तथा खुद्रासहित १८ पसलमा अनुगमन गरिएको हो । आज जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा भएको अनुगमनमा म्याद गुज्रिएका अखाद्य बस्तु फेला परेका छन् । अनुगमनका क्रममा भेटिएका अखाद्य बस्तु जफत गरी जलाएर नष्ट गरिएको छ । प्रशासन कार्यालयका प्रशासकीय अधिकृत पुष्पलाल धमलाले चाडपर्व नजिकिएसँगै उपभोक्ताहरू...
कोशी प्रदेशमा चाडपर्व लक्षित सुरक्षा योजना : ८ हजार १३३ प्रहरी प्रहरी परिचालन

कोशी प्रदेशमा चाडपर्व लक्षित सुरक्षा योजना : ८ हजार १३३ प्रहरी प्रहरी परिचालन

विराटनगर । कोशी प्रदेशमा चाडपर्व लक्षित सुरक्षा योजना अन्तरगत आठ हजार १३३ जना प्रहरी परिचालन गरिएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले चाडपर्वलाई सुरक्षित बनाउन चाडपर्व सुरक्षा कार्ययोजना तयार गरेर उक्त संख्यामा प्रहरी परिचालन गरेको हो । प्रदेशका १४ वटै जिल्लाहरूमा कुनै किसिमको अप्रिय घटना तथा दुर्घटनाहरू हुन नदिन विशेष सुरक्षा योजना लागू गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । ...
जीवन विकास अस्पतालले सुरु गर्‍यो आँखा उपचारको विशेष विभाग

जीवन विकास अस्पतालले सुरु गर्‍यो आँखा उपचारको विशेष विभाग

विराटनगर । मोरङको कटहरीस्थित जीवन विकास सामुदायिक अस्पतालले आँखा उपचारका लागि १३ करोडको लगानीमा विशेष विभाग सञ्चालन गरेको छ । अस्पताल परिसरमा बेग्लै भवन निर्माण गरेर सञ्चालन गरिएको आँखा विभाग बिहीबार विश्व दृष्टि दिवसको अवसर पारेर औपचारिक उद्‌घाटन गरिएको हो । अस्पतालमा आयोजित कार्यक्रममा पूर्व सांसद एवं जीवन विकास अस्पतालका अध्यक्ष योगेन्द्र मण्डल, जीवन विकास समाजका अध्यक्ष रिबोलदेवी मण्डल, अस...
मन्जिल स्मृति फुटबल : उपाधिका लागि ब्ल्याक डायमन्ड एफसी र आयोजक भिड्ने

मन्जिल स्मृति फुटबल : उपाधिका लागि ब्ल्याक डायमन्ड एफसी र आयोजक भिड्ने

विराटनगर । मोरङको ग्रामथान-६ स्थित भरचोलगढीमा जारी तेस्रो मन्जिल स्मृति रानीगढी रनिङ कप फुटबल प्रतियोगितामा ब्ल्याक डायमन्ड एफसी फाइनलमा प्रवेश गरेको छ । भरचोल खेलमैदानमा बिहीवार सम्पन्न दोस्रो सेमिफाइनलमा पिके एफसी बाहुनीलाई २-१ गोल अन्तरले पराजित गर्दै ब्ल्याक डायमन्ड फाइनलमा प्रवेश गरेको हो । ब्ल्याक डायमन्ड एफसीको जितमा हरि खवास र सिजल राईले समान १-१ गोल गरे । पिके एफसीका लागि गोबिन लिम्बू...
विराटनगरमा नवरात्रिको अवसरमा विशेष वैदिक उत्सव हुँदै

विराटनगरमा नवरात्रिको अवसरमा विशेष वैदिक उत्सव हुँदै

विराटनगर । विराटनगरमा नवरात्रिको अवसरमा विशेष नवरात्रि उत्सव तथा वैदिक अनुष्ठान आयोजना हुने भएको छ । द आर्ट अफ लिभिङ नेपालको आयोजनामा असोज ३० देखि कात्तिक १ गतेसम्म नवरात्रि उत्सव हुन लागेको हो । आयोजकले आज पत्रकार सम्मेलन गर्दै श्री श्री रवि शंकर विद्या मन्दिर विराटनगर-२ मा हुन लागेको उत्सवमा वैदिक परम्परा, साधना, संस्कृति र सामूहिक आध्यात्मिक अनुभूतिको सुन्दर संगम प्रस्तुत गरिने जनाएको छ । क...
धनकुटामा तीन जना सवार मोटरसाइकल र बोलेरो ठोक्किएपछि…

धनकुटामा तीन जना सवार मोटरसाइकल र बोलेरो ठोक्किएपछि…

धनकुटा । धनकुटा बसपार्कबाट बोलेरो गाडी आफ्नो गन्तव्यतर्फ अघि बढ्छ । विपरीत दिशाबाट तीन जना सवार मोटरसाइकल तीव्र गतिमा हुइँकिँदै आउँछ । चालकले हेलमेट समेत लगाएका हुँदैनन् । मोटरसाइकल अनियन्त्रित भएर बोलेरोमा ठोक्किँदा चालकको घटनास्थलमै मृत्यु हुन्छ । मोटरसाइकल पछाडि सवार अन्य दुई जनालाई प्रहरीले तत्कालै उद्धार गरेर उपचारका लागि एम्बुलेन्समा राखेर जिल्ला अस्पताल पठाउँछ । दुर्घटनापछि स्थानीयहरूले...
तमोर नदीमा नुहाउने क्रममा बेपत्ता भएका किशोरको शव फेला

तमोर नदीमा नुहाउने क्रममा बेपत्ता भएका किशोरको शव फेला

तेह्रथुम । तेह्रथुमको म्याङ्लुङ नगरपालिका-१ लम्बु दोभानस्थित तमोर नदीमा नुहाउने क्रममा बेपत्ता भएका किशोरको शव फेला परेको छ । असोज १७ गते नुहाउने क्रममा बेपत्ता भएका   म्याङ्लुङ-१ का करिब १६ वर्षीय डिपलक लिम्बुको शव फेला परेको हो । धनकुटाको साँगुरीगढी गाउँपालिका-१० स्थित तमोर नदीमा बिहीबार अपराह्‍न शव फेला परेको तेह्रथुमका प्रहरी प्रमुख डीएसपी लक्ष्मण ओलीले जानकारी दिए । ‘बेपत्ता भएपछि निरन्तर...
पत्रकार आचार्य रास्वपाको ‘क्यान्डिडेट क्लब’ मा, कानेपोखरी गाउँपालिका अध्यक्षमा भिड्ने तयारी

पत्रकार आचार्य रास्वपाको ‘क्यान्डिडेट क्लब’ मा, कानेपोखरी गाउँपालिका अध्यक्षमा भिड्ने तयारी

विराटनगर  । विराटनगरका पत्रकार अर्जुन आचार्य राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ‘क्यान्डिडेट क्लब’ मा आबद्ध भएका छन् । मोरङको कानेपोखरी गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिने तयारीसहित उनी ‘क्यान्डिडेट क्लब’ मा आबद्ध भएका हुन् । आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै उनले केही महिनाअघि नै रास्वपाको उम्मेदवार छनोट प्रक्रियाअन्तर्गत रहने क्लबमा आवेदन दिएका थिए । कानेपोखरी गाउँपालिका-४ ...
विराटनगरमा फेला परेकी बालिकालाई लगाइयो अभिभावकको जिम्मा

विराटनगरमा फेला परेकी बालिकालाई लगाइयो अभिभावकको जिम्मा

विराटनगर । विराटनगरमा बेवारिसे अवस्थामा फेला परेकी बालिकालाई अभिभावकको जिम्मा लगाइएको छ । बिहीबार दिउँसो करिब १५ः३० बजे विराटनगर-७ स्थित कोशी अस्पताल छेउमा फेला परेकी बालिकालाई आमाको जिम्मा लगाइएको हो । गस्तीमा खटिएको सीआरभी टोलीले रुँदै गरेको अवस्थामा बालिकाको उद्धार गरेको थियो । हिँजो नै अभिभावक खोजेर बालिका जिम्मा लगाइएको मोरङका प्रहरी प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए । ‘वि...
विराटनगरमा चाडपर्व लक्षित विराट ट्रेड फेयर आजबाट सुरू

विराटनगरमा चाडपर्व लक्षित विराट ट्रेड फेयर आजबाट सुरू

विराटनगर । विराटनगरमा चाडपर्व लक्षित विराट ट्रेड फेयर आजबाट औपचारिक रूपमा सुरू भएकाे छ । विराटनगरस्थित जैन भवनमा काेशी प्रदेशका सभामुख अम्बरबहादुर बिष्टले मेलाकाे उद्घाटन गरेका हुन् । विराट व्यापार संघको आयोजनामा सुरू भएकाे मेला असाेज ३० गतेसम्म सञ्चालन हुने छ । मेलामा नेपाल, भारत, बंगलादेश र पाकिस्तानका करिब १५० वटा स्टल राखिए छन्। चाडपर्वको किनमेल गर्न सीमापारि भारतीय बजार जानुपर्ने बाध्यता ...
पाख्रीबास बजारमा छड्के अनुगमन, म्याद गुज्रिएका सामान जफत

पाख्रीबास बजारमा छड्के अनुगमन, म्याद गुज्रिएका सामान जफत

धनकुटा । धनकुटाको पाख्रीबास बजारमा चाडपर्व लक्षित छड्के अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय धनकुटाको अगुवाइमा आज करिब एक दर्जन होटल तथा खुद्रा र किराना पसलहरूको अनुगमन गरिएको हो । बजारमा सञ्चालित दुईवटा होटल तथा १० वटा किराना र खुद्रा पसलहरूमा गरिएको अनुगमनमा विभिन्न कैफियत भेटिएको छ । अनुगमनका क्रममा म्याद गुज्रिएको चामल, बिस्कुट, मसला, पेयपदार्थ लगायतका खाद्यवस्तु जफत गरिएको छ । जिल्ला...
धनकुटामा अलपत्र पूर्वाधार आयोजनाहरूको काम तत्काल समाधान गर्न माग

धनकुटामा अलपत्र पूर्वाधार आयोजनाहरूको काम तत्काल समाधान गर्न माग

धनकुटा । धनकुटाका स्थानीयहरूले प्रतिनिधिसभा पूर्वाधार विकास समितिलाई जिल्लामा सञ्चालित आयोजना र विकास निर्माणका समस्या समाधान गर्न माग गरेका छन् । समितिका सभापति आशिष गजुरेलको नेतृत्वमा धनकुटा आएको टोलीलाई स्थानीयले यस्तो माग गरेका हुन् । छलफलमा मुलघाट-तमोर करिडोर क्षेत्रका विभिन्न सडक सञ्जाल, खानेपानी, सिँचाइ, भवन तथा विद्युत आयोजनामा देखिएका समस्या समाधान गर्न स्थानीयले सुझाव दिए । सडक निर्मा...
विराटनगरमा विद्यार्थीको सिर्जनशीलता उद्योगसँग जोड्न डिजाइन थिङ्किङ कार्यशाला

विराटनगरमा विद्यार्थीको सिर्जनशीलता उद्योगसँग जोड्न डिजाइन थिङ्किङ कार्यशाला

विराटनगर । विराटनगरमा उद्योग संगठन मोरङ अन्तर्गतको उद्यमशीलता तथा नवप्रवर्तन इकाइको आयोजनामा चारदिने ‘डिजाइन एण्ड थिङ्किङ’ कार्यशाला सञ्चालन भएको छ । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका २० जना विद्यार्थी सहभागी कार्यशालामा उत्पादन, कृषि, बैंकिङ तथा वित्तीय क्षेत्रका समस्या पहिचान गरी तिनको सम्भावित समाधानका लागि विभिन्न विकल्प सहितको प्रोटोटाइप तयार गरिएको हो । जसमा विद्यार्थीहरूले आफ्नो अवध...
विराटनगरका रुग्ण सहकारीलाई एकीकरण गरेर सक्षम बनाउन जोड

विराटनगरका रुग्ण सहकारीलाई एकीकरण गरेर सक्षम बनाउन जोड

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सहकारी संस्थाको संख्या बढाउनेभन्दा सक्षम, सुरक्षित, पारदर्शी र उत्तरदायी बनाउन जोड दिने बताएका छन् । महानगरपालिकाको सहकारी शाखाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मेयर कोइरालाले कमजोर तथा रुग्ण सहकारी संस्थाको दीर्घकालीन व्यवस्थापनका लागि एकीकरण उपयुक्त विकल्प भएको बताए । उनले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न महानगरप...
७४ फर्मको अनुगमन, २९ वटालाई ६ लाख ९२ हजार जरिवाना

७४ फर्मको अनुगमन, २९ वटालाई ६ लाख ९२ हजार जरिवाना

विराटनगर । नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय मोरङको नेतृत्वमा विराटनगर र आसपासको बजार क्षेत्रमा अनुगमन तीव्र पारिएको छ । सरोकारवाला निकायहरूको संयुक्त अनुगमन टोलीले खाद्यान्न, औषधि, होटल, कपडा, जुत्ता-चप्पल, माछा-मासु तथा डेरीसहित कुल ७४ वटा व्यावसायिक फर्महरूको अनुगमन गरेको हो । असोज ९ गतेयता भएको अनुगमनमा कैफियत फेला परेका २९ वटा फर्महरूलाई कुल ६ लाख ९२ हजार रुपैया...
विराटनगरमा महिला अधिकार र कानुनी उपचारसम्बन्धी सचेतना

विराटनगरमा महिला अधिकार र कानुनी उपचारसम्बन्धी सचेतना

विराटनगर । विराटनगरमा महिला कानुनी सचेतना तथा सशक्तीकरण कार्यक्रम आयोजना भएको छ । महिलालाई आफ्ना कानुनी अधिकारबारे जानकारी गराउँदै सामाजिक तथा कानुनी रूपमा सक्षम बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । करिब ५० जना महिलाको सहभागिता रहेको कार्यक्रममा महिलाका संवैधानिक तथा कानुनी अधिकार, घरेलु हिंसा, वैवाहिक बलात्कार, साइबर अपराध, बाल अधिकार, प्रजनन स्वास्थ्य तथा महिलाको सम्पत्तिमाथिको अधिक...
लेटाङमा घरबाटै भरुवा बन्दुक बनाएर बिक्री, आरनसहित पूर्ण लावती पक्राउ

लेटाङमा घरबाटै भरुवा बन्दुक बनाएर बिक्री, आरनसहित पूर्ण लावती पक्राउ

विराटनगर । मोरङको लेटाङ नगरपालिका-७ वाराङ्गीस्थित कोलाघारीबाट प्रहरीले भरुवा बन्दुक र हतियार निर्माणमा प्रयोग हुने पार्टपुर्जासहित एक जनालाई नियन्त्रणमा लिएको छ । आफ्नै घरमा अवैध रूपमा भरुवा बन्दुक बनाएर बिक्री-वितरण गर्ने गरेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले आज बिहान सोही स्थानका ४५ वर्षीय पूर्ण लावती लिम्बूलाई पक्राउ गरेको हो । लिम्बूको घर खानतलासी गर्दा घरभित्र लुकाएर राखिएको अवस...
धनकुटाको सुकेपोखरीमा ट्रक दुर्घटना

धनकुटाको सुकेपोखरीमा ट्रक दुर्घटना

विराटनगर । धनकुटा नगरपालिका-१ सुकेपोखरीस्थित कोशी लोकमार्गमा ट्रक दुर्घटना भएको छ । आज बिहान करिब ५ः४५ बजे इटहरीबाट खाँदबारीतर्फ जाँदै गरेको प्रदेश १-०२-००१ ख ८८९४ नम्बरको ट्रक दुर्घटना भएको हो । १० टन आलु लोड भएको ट्रक सडकको व्यारिकेट भत्काएर साइटमा अड्किएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए । प्रहरीका अनुसार चालक निदाएका कारण दुर्घटना भएको हो । दुर्घटनाम...
धनकुटामा चाडपर्व लक्षित सुरक्षा व्यवस्था कडा बनाउन डीआईजी खनालको निर्देशन

धनकुटामा चाडपर्व लक्षित सुरक्षा व्यवस्था कडा बनाउन डीआईजी खनालको निर्देशन

धनकुटा । कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) शेखर खनालले चाडपर्व लक्षित सुरक्षा व्यवस्था कडा बनाउन निर्देशन दिएका छन् । जिल्ला प्रहरी कार्यालय धनकुटाको निरीक्षण भ्रमणका क्रममा भएको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो निर्देशन दिएका हुन् । चाडपर्वमा नागरिकको सुरक्षालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडाइका साथ लागूगर्न उनले निर्देशन दिए । डीआईजी खनालले कोशीका १४ वटै जिल्ल...
error: Content is protected !!