
विराटनगर । विराटनगरमा चाडपर्व लक्षित विराट ट्रेड फेयर आजबाट औपचारिक रूपमा सुरू भएकाे छ । विराटनगरस्थित जैन भवनमा काेशी प्रदेशका सभामुख अम्बरबहादुर बिष्टले मेलाकाे उद्घाटन गरेका हुन् ।
विराट व्यापार संघको आयोजनामा सुरू भएकाे मेला असाेज ३० गतेसम्म सञ्चालन हुने छ । मेलामा नेपाल, भारत, बंगलादेश र पाकिस्तानका करिब १५० वटा स्टल राखिए छन्।
चाडपर्वको किनमेल गर्न सीमापारि भारतीय बजार जानुपर्ने बाध्यता हटाउँदै स्वदेशी व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले मेला आयोजना गरिएको संघका अध्यक्ष प्रमोद जिन्दलले जानकारी दिए ।
मेलामा ढाका, अल्लो लगायतका स्वदेशी तथा स्थानीय उत्पादनका स्टलहरू छन् । यस्तै दैनिक स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुती रहने छ ।
मेलामा आउने हजारौँ दर्शक तथा उपभोक्ताको आवागमनले विराटनगरका पसल, होटल, रेस्टुरेन्ट, यातायात तथा अन्य व्यवसायको समेत कारोबार बढ्ने र समग्र बजार चलायमान हुने अपेक्षा गरिएको कार्यक्रम संयोजक श्यामलाल पौडेलले जानकारी दिए ।

संगालोखबर 




















