संगालोखबर
कोशी प्रदेश प्रहरी कार्यालय

विराटनगर । कोशी प्रदेशमा चाडपर्व लक्षित सुरक्षा योजना अन्तरगत आठ हजार १३३ जना प्रहरी परिचालन गरिएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले चाडपर्वलाई सुरक्षित बनाउन चाडपर्व सुरक्षा कार्ययोजना तयार गरेर उक्त संख्यामा प्रहरी परिचालन गरेको हो ।

प्रदेशका १४ वटै जिल्लाहरूमा कुनै किसिमको अप्रिय घटना तथा दुर्घटनाहरू हुन नदिन विशेष सुरक्षा योजना लागू गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

आपसी सद्भावका साथ मर्यादित, सुरक्षित र भयरहित वातावरणमा चाड पर्व मनाउने  वातावरण सृजना गर्न प्रहरी जनशक्ति परिचालन गरिएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापाले जानकारी दिए ।

यस्तै चाडपर्वको समयमा यात्रुको सुविधा र सुरक्षालाई मध्यनजर गर्दै यात्राका क्रममा आइपर्ने समस्यालाई तत्काल सम्बोधन गर्न कोशी प्रदेशका १४ वटै जिल्लाका ७२ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।

सीमानाकाहरूमा पटका जन्य विस्फोटक पदार्थ भित्रिन नदिन तालिम प्राप्त कुकुर सहितको प्रहरी टोली परिचालन गरी कडाइका साथ चेकजाँचको व्यवस्था थापाले जानकारी दिए ।

बढी भिडभाड हुने स्थान र चोक बजारहरूमा सीसी क्यामेराबाट निगरानी तथा आवश्यकता अनुसार ड्रोन समेत परिचालन गरिएको कार्यालयले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!