
तेह्रथुम । तेह्रथुमको म्याङ्लुङ नगरपालिका-१ लम्बु दोभानस्थित तमोर नदीमा नुहाउने क्रममा बेपत्ता भएका किशोरको शव फेला परेको छ । असोज १७ गते नुहाउने क्रममा बेपत्ता भएका म्याङ्लुङ-१ का करिब १६ वर्षीय डिपलक लिम्बुको शव फेला परेको हो ।
धनकुटाको साँगुरीगढी गाउँपालिका-१० स्थित तमोर नदीमा बिहीबार अपराह्न शव फेला परेको तेह्रथुमका प्रहरी प्रमुख डीएसपी लक्ष्मण ओलीले जानकारी दिए ।
‘बेपत्ता भएपछि निरन्तर खोजी कार्य भइरहेको थियो । नेपाल प्रहरीसँगै प्रशासनको समन्वयमा सशस्त्रको गोताखोर र नेपाली सेनाको ड्रोन टोली पनि खटिएको थियो’, उनले संगालोखबरसँग भने, ‘उहाँकी आमाले शवको पहिचान गर्नुभयो । आवश्यक कानुनी प्रक्रिया तथा पोस्टमार्टमपछि परिवारजनलाई शव बुझाउने तयारी छ ।’
उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटामा राखिएको छ । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

संगालोखबर 




















