संगालोखबर

विराटनगर  । विराटनगरका पत्रकार अर्जुन आचार्य राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ‘क्यान्डिडेट क्लब’ मा आबद्ध भएका छन् । मोरङको कानेपोखरी गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिने तयारीसहित उनी ‘क्यान्डिडेट क्लब’ मा आबद्ध भएका हुन् ।

आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै उनले केही महिनाअघि नै रास्वपाको उम्मेदवार छनोट प्रक्रियाअन्तर्गत रहने क्लबमा आवेदन दिएका थिए । कानेपोखरी गाउँपालिका-४ भंसवारी स्थायी ठेगाना भएका आचार्य लामो समयदेखि विराटनगरमा रहेर पत्रकारितामा सक्रिय छन् ।

पत्रकारितामार्फत सार्वजनिक चासोका विषय उठाउँदै आएका आचार्यले अब स्थानीय तहमै प्रत्यक्ष नीति निर्माण र विकासको नेतृत्व लिन राजनीतिमा पाइला चालेको बताए । उनले कानेपोखरीको समग्र विकासका लागि आफूसँग स्पष्ट खाका रहेको दाबी गरेका छन् ।

गाउँपालिकाको नेतृत्वमा पुगेर शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारको क्षेत्रमा योजनाबद्ध तथा नतिजामुखी काम गर्ने आफ्नो मुख्य उद्देश्य रहेको उनले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!