बिर्तामोडको रेखा खोलामा शव भेटियो, दुई जना पक्राउ
झापा । झापाको बिर्तामोड नगरपालिका-७ मियाबारीस्थित रेखा खोलामा एक पुरुषको शव फेला परेको छ । बिर्तामोड-६ निवासी ५२ वर्षीय आनन्द चौधरीको शव फेला परेको हो ।
स्थानीयले शनिबार राति शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरीको टोली घटनास्थल पुगेको थियो । राति नै कानुनी प्रक्रिया पूरा गरेर शव प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ...




























