संगालोखबर


विराटनगर । उदयपुरमा पार्किङ गरेर राखिएको बोलेरोबाट ठूलो परिमाणमा गाँजा बरामद भएको छ ।

आज बिहान चौदण्डीगढी नगरपालिका-१ चारघरेस्थित रानिटार-बेल्टार भित्री सडकखण्डमा पार्किङ गरी राखिएको बोलेरो गाडीबाट ९४० किलो गाँजा बरामद भएको हो ।

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बा १४ च २२५५ नम्बरको बोलेरोमा चेकजाँच गर्दा गाँजा फेला पारेको हो । गाँजा ओसार-पसारमा संलग्न व्यक्तिहरू फरार छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!