धनकुटाको तल्लो भू-भागका किसान खडेरीको चपेटामा
धनकुटा । समयमै वर्षा नहुँदा धनकुटाको तल्लो भू-भागमा अधिकांश स्थानका खेतीयोग्य जमिन बाँझै छन् । लामो समयको खडेरीका कारण सिँचाइ नहुँदा खेतीयोग्य जमिन बाँझो भएका हुन् ।
असारको पहिलो साता बित्न लाग्दा समेत धनकुटाको तल्लो भू-भागमा वर्षा भएको छैन । पाख्रीबास नगरपालिका-५ स्थित भैसेका करिब २० घर परिवार बर्खा लाग्दासमेत पानी नपरेपछि चिन्ता छन् ।
उनीहरूले मुख्य बालीका रूपमा मकै, कोदोलागायतका नगदे बाली ल...






























