
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-५ स्कुलडाँडास्थित मध्यपहाडी लोकमार्गमा एम्बुलेन्स दुर्घटना भएको छ । विराटनगरबाट शव बोकेर भोजपुरतर्फ जाँदै गरेको एम्बुलेन्स गएराति करिब १२ः३० बजे दुर्घटनामा परेको हो ।
भोजपुरको रामप्रसादराई गाँउपालिकाद्वारा संचालित बा.प्र.०१-०२-००२ झ ६१९० नम्बरको एम्बुलेन्स सडकबाट खोल्सीमा खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा चालक रामप्रसादराई गाउँपालिका-८ का २१ वर्षीय शक्ति राई र सोही गाउँपालिका-७ का ४६ वर्षीय रामनन्द राई घाइते भएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।
चालकको अवस्था गम्भीर रहेको तथा रामनन्दको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनीहरूको उपचार भइरहेको छ ।

संगालोखबर 




















