संगालोखबर


विराटनगर । सिद्धार्थ स्पोर्टिङ क्लब विराटनगरले विजया दशमीको अवसरमा इन्डोर क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । आपसी भाइचारा, सद्भाव र खेलकुदको विकास गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागिएको हो ।
‎
‎विराटनगरस्थित जेनियल फुटसलमा असोज २७ र २८ गते प्रतियोगिता सञ्चालन हुने क्लबका प्रतिनिधि अफताब अलिले जानकारी दिए । प्रतियोगितामा १२ टिमको सहभागिता हुने छ ।
‎
सहभागी टिमलाई तीन तीन समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहमा तीनवटा टिम रहने छन् । प्रतियोगितामा विजेता र उपविजेता हुने टिमलाई क्रमशः २१ हजार र ११ हजार नगद पुरस्कारसहित ट्रफी तथा प्रमाण-पत्र प्रदान गरिने क्लबले जनाएको छ ।
‎
प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्स म्यानलगायत विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई आकर्षक पुरस्कार तथा ट्रफी प्रदान गरिने अलिले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!