संगालोखबर


विराटनगर । मोरङको लेटाङ नगरपालिका-७ वाराङ्गीस्थित कोलाघारीबाट प्रहरीले भरुवा बन्दुक र हतियार निर्माणमा प्रयोग हुने पार्टपुर्जासहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

आफ्नै घरमा अवैध रूपमा भरुवा बन्दुक बनाएर बिक्री-वितरण गर्ने गरेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले आज बिहान सोही स्थानका ४५ वर्षीय पूर्ण लावती लिम्बूलाई पक्राउ गरेको हो ।

लिम्बूको घर खानतलासी गर्दा घरभित्र लुकाएर राखिएको अवस्थामा तयारी भरुवा बन्दुक एक थान, दबासवाला बन्दुक एक थान, हातहतियार निर्माण गर्ने आरन र भरुवा बन्दुकमा प्रयोग हुने विभिन्न पार्टपुर्जाहरू बरामद गरिएको मोरङका प्रहरी प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

बरामद हतियार तथा निर्माण सामग्रीसहित पक्राउ परेका लिम्बूलाई इलाका प्रहरी कार्यालय लेटाङमा राखिएको छ । उनीमाथि आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!