संगालोखबर

विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले देवा यादवलाई विराटनगर महानगरपालिका इन्चार्जको जिम्मेवारी दिएको छ । नेकपा मोरङ जिल्ला कमिटीको बैठकले यादवलाई महानगर इन्चार्जको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो ।

विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका यादव यसअघि महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा अखिल (क्रान्तिकारी) बाट स्ववियु सहसचिव भएका थिए । उनी हाल पार्टीको कोशी प्रदेश सचिवालय सदस्यसमेत हुन् ।

महानगर इन्चार्जको नयाँ जिम्मेवारी पाएपछि यादवले पार्टीलाई सशक्त र चलायमान बनाएर अगाडि बढाउने बताएका छन् । यसैगरी, नेकपा विराटनगर संयोजकको जिम्मेवारी राजेन्द्र सुवेदीलाई दिइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!