सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटाको चुलिवनस्थित निजामती आवासीय विद्यालयका विद्यार्थीहरूले कृत्रिम बुद्धिमत्ता एआई रोबोटिक्स र कोडिङ सम्बन्धी स्वचालित स्मार्ट उपकरण बनाएका छन् । ६ दिनसम्म सञ्चालन भएको एआई रोबोटिक्स तालिम पश्चात् विद्यार्थीहरूले उपकरण बनाएका हुन् ।

उनीहरूले स्मार्ट ब्लाइण्ड स्टिक, ब्लुटुथ कन्ट्रोलर कार, स्मार्ट डस्टबिन, स्वचालित गमला, ग्यास पत्ता लगाउने उपकरण, अवरोध पहिचान गर्ने रोबोट र ट्राफिक लाइट निर्माण गरेका प्रदर्शन गरेका छन् ।

दृष्टिविहीन व्यक्तिलाई बाटोमा रहेको अवरोध पहिचान गर्न सहयोग गर्ने स्मार्ट ब्लाइन्ड स्टिक, यस्तै सेन्सरको सहायताले ढक्कन आफैँ खुल्ने र बन्द हुने स्मार्ट डस्टबिन, स्वचालित गमलाले माटोको चिस्यान अनुसार बिरुवामा मोटरबाट पानी तानेर सिँचाइ गर्ने उपकरण लगायत निर्माण गरेका हुन् ।

प्रधानाध्यापक सुरेश काफ्लेले किताबी ज्ञानलाई व्यावहारिक सीपमा रूपान्तरण गर्न यस्ता तालिम उपयोगी हुने बताए । विभिन्न नयाँ प्रविधिको ज्ञान र सीपले विद्यार्थीको सिर्जनशील क्षमता विकासमा महत्वपूर्ण भूमिका खेल्ने उनले जानकारी दिए ।

विराटनगरबाट आएका प्रशिक्षकले असोज १९ देखि २४ गतेसम्म तालिमको सहजिकरण गरेका थिए । तालिममा ३६ जना विद्यार्थी सहभागि भएका विद्यालयले जनाएको छ ।

तस्बिर : सन्तोष सुवेदी/संगालोखबर

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!