
विराटनगर । धनकुटा नगरपालिका-१ सुकेपोखरीस्थित कोशी लोकमार्गमा ट्रक दुर्घटना भएको छ । आज बिहान करिब ५ः४५ बजे इटहरीबाट खाँदबारीतर्फ जाँदै गरेको प्रदेश १-०२-००१ ख ८८९४ नम्बरको ट्रक दुर्घटना भएको हो ।
१० टन आलु लोड भएको ट्रक सडकको व्यारिकेट भत्काएर साइटमा अड्किएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए । प्रहरीका अनुसार चालक निदाएका कारण दुर्घटना भएको हो ।

दुर्घटनामा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । ट्रक चालक संखुवासभाको चैनपुर नगरपालिका-६ का २९ वर्षीय मिलनराज तामाङ र साहुजी नवीन श्रेष्ठलाई सकुशल उद्धार गरिएको छ ।
सडक अवरुद्ध नरहेको र ट्रकलाई निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

संगालोखबर 




















