मनकारीले गरे मोरङको धनपालका असहाय परिवारलाई सहयोग
विराटनगर । मोरङको धनपाल गाउँपालिकाको कर्सिया क्षेत्रमा बस्ने एक असहाय परिवारका लागि ‘आभा फाउन्डेसन’ ले सहयोग गरेको छ । स्थानीय लक्ष्मी साहको आमाबुबाको मृत्यु भएको र उनको लागि ७० वर्षकी हजुरआमाले मागेर जीवन चलाउनु पर्ने बाध्यता भएकाले सहयोग गरिएको हो ।
आभा फाउन्डेसनकी अध्यक्ष सीता शाहको नेतृत्वमा, अम्बिका शाह, आर्यन स्वर्णकार र गोविन्द शाह लगायतका सदस्यहरूले व्यक्तिगत रुपमा सहयोग गरेका हुन् । उन...































