संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । मोरङको बेलबारीमा करेन्ट लागेर एकजना महिलाको मृत्यु भएको छ । बेलबारी नगरपालिका–७ हल्दिबारीकी ५१ वर्षीया पन्तीदेवी चौधरीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्नै घरमा टिनको छानामा राखिएको फलामको रड निकाल्ने क्रममा उनलाई गएराति अचानक करेन्ट लागेको थियो । प्रहरीका अनुसार करेन्ट लागेर घाइते भएकी उनलाई उपचारका लागि विराटनगरस्थित विराट टिचिङ अस्पताल ल्याइएको थियो ।

Advertisement

अस्पताल ल्याएपछि जाँच गर्ने क्रममा चिकित्सकले उनको मृत्यु भइसकेको जानकारी दिएका थिए । घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!