संगालोखबर

विराटनगर । काठमाडौँस्थित त्रिभुवन विमानस्थल नजिक आज भएको सौर्य एयरको जहाज दुर्घटनामा मृत्यु भएका १८ जनामध्ये तीनजना विराटनगरका पनि परेका छन् ।

Advertisement

पोखराका लागि उडेको सौर्य एयरको ९एन–एएमई सिआरजे–२०० जहाज उड्नासाथ दुर्घटना भएको थियो । दुर्घटनामा मृत्यु भएका जहाजका को–पाइलट सुशान्त कटुवाल, इन्जिनियर अश्विन निरौला र सुरक्षा (सेफ्टी चिफ) सागर आचार्य विराटनगरका हुन् । 

सौर्य एयरलाइन्सको विराटनगरस्थित स्टेचरका प्रमुख प्रकाश पौडेलका अनुसार मृत्यु भएका कटुवाल विराटनगरको आयल निगम क्षेत्रका बासिन्दा हुन् । त्यसैगरी, इन्जिनियर निरौला पनि विराटनगरकै बासिन्दा हुन् । सौर्य एयरलाइन्समा कार्यरत उनी जिल्ला प्रहरी कार्यालय मोरङ नजिकैका बासिन्दा भएको जनाइएको छ । यस्तै, सुरक्षातर्फ (सेफ्टी चिफ) सागर आचार्य विराटनगरको मधुमाराका बासिन्दा हुन् । 

बिहान ११ बजे सौर्य एयरलाइन्सको जहाजका पाइलट ३७ वर्षीय मनिष शाक्यको भने उद्धारपछि उपचार भइरहेको छ । त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको जहाज करिव दुई सय मिटर माथि पुगेपछि कोल्टिएर भुईँमा बजारिएको थियो । बजारिएपछि आगो लागेको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!