संगालोखबर

विराटनगर । साउन महिनाको पहिलो सोमबार आज विराटनगरमा रहेका विभिन्न शिव मन्दिरहरूमा श्रद्धालु भक्तजनको चहलपहल देखिएको छ । महानगर र आसपास क्षेत्रमा रहेका शिवालयहरुमा बिहानैदेखि श्रद्धालुहरू पूजा अर्चना गर्न भेला भएका छन् ।

Advertisement

विराटनगर महानगरपालिका–७, स्थित बनसखण्डी शिव मन्दिर, बरगाछीमा रहेको श्रीश्री १००८ बाबा बाशुकीनाथ महादेव मन्दिर, विराटनगर–६ स्थित बाबा गरिबनाथ शिव मन्दिर, विराटेश्वर शिव मन्दिरलगायत शिवालयमा भक्तजनहरूको उल्लेख्य उपस्थिति छ ।

ती मन्दिरहरूमा आउने श्रद्धालु भक्तजनलाई सुरक्षा प्रदान गर्न महानगर प्रहरी तथा नेपाल प्रहरीका टोली खटिएका छन् । शिव मन्दिरहरूलाई झकिझाउ पारी सिँगारिएको छ ।

साउन महिना भगवान शिवको प्रिय महिना तथा सोमवार प्रिय वार मानिन्छ । यही भएर साउन महिनाभरि चोखोनितो गरी भगवान शिवको पूजा गर्ने चलन छ । यस अवसरमा नजिकैका नदी, खोला र तलाउबाट पानी लिएर शिवलिङ्गमा चढाउने चलन पनि छ ।

पूर्वमा झापाको अर्जुनधारास्थित जलेश्वरधाम शिवालय, खोटाङको हलेसी, धरानको पिण्डेश्वरलगायत मन्दिरहरुमा साउन महिनाभरि विशेष चहलपहल हुने गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!