संगालोखबर
सांकेतिक तस्वीर

झापा । करेन्ट लागेर झापामा गएराति एक किशोरको मृत्यु भएको छ । झापाको कचनकवल गाउँपालिका–४ केचना निवासी ललन साहका १५ वर्षीय छोरा विशालको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घरको टिनको छानोमा करेन्ट सर्ट भएको अवस्थामा अचानक छानो छुँदा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर विशाल अचेत भएका थिए । त्यही अवस्थामा उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बनियानी लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!