संगालोखबर
कोशी प्रदेश प्रहरी कार्यालय

विराटनगर । कोशी प्रदेशमा एक वर्षको अवधिमा विभिन्न शीर्षकमा ९ हजारभन्दा बढी मुद्दा दर्ता भएका छन् । आज आयोजित कार्यक्रममा वार्षिक कार्य प्रगति प्रस्तुत गर्दै कोशी प्रदेश प्रहरी कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा ९ हजार ३८७ मुद्दा दर्ता भएको उल्लेख गरेको छ । सामाजिक अपराध शीर्षकमा १ हजार ५७४, आत्महत्या शीर्षकमा १ हजार ५५४, लागूपदार्थसम्बन्धी १ हजार ३९, बैङ्किङ कसुरमा १ हजार ४ मुद्दा दर्ता भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरी, चोरी तथा डाँका शीर्षकमा ७५३, जबरजस्ती करणीका ५१७, ठगीसम्बन्धी २८५, कर्तव्य ज्यानसम्बन्धी ११६, जबरजस्ती करणी उद्योगमा ११३ वटा मुद्दा दर्ता भएका कार्यालयले जनाएको छ ।

Advertisement

यस्तै कीर्तेसम्बन्धी ४४, साइबर अपराधसँग सम्बन्धित २४, मानव मानवबेचबिखन सम्बन्धी ११ र अन्य शीर्षकमा २ हजार ३५३ वटा मुद्दा दर्ता भएको कार्यालयले जनाएको छ । कार्यालयले प्रदेशभरि एकवर्षमा २ हजार ३८५ जना फरार अपराधी पक्राउ परेको जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!