पोखरिया माविद्वारा अब्बल विद्यार्थीलाई छात्रवृत्ति
विराटनगर । विराटनगर महानगरपालिका–३ स्थित पोखरिया माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८० का अब्बल तथा जेहन्दार विद्यार्थीहरूलाई छात्रवृत्तिसहित पुरस्कृत गरेको छ ।
कक्षा १ देखि १० सम्मका कक्षा प्रथम दोस्रो र तेस्रो हुने विद्यार्थीहरूलाई नगदसहित पुरस्कृत गरिएको हो । शुक्रबार विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा छात्रवृत्ति वितरण गरिएको हो । नमुना विकास कार्यक्रमअन्तर्गत विद्यालयको आन्तरिक स्रोतबाट...





























