कोशीमा दशैंको अवधिमा भएका सवारी दुर्घटनामा १४ जनाको मृत्यु
विराटनगर । कोशी प्रदेशमा दशैंको अवधिमा भएका सवारी दुर्घटनामा १४ जनाले ज्यान गुमाएका छन् । प्रदेशका विभिन्न जिल्लामा भएका दुई सय ६९ दुर्घटनामा १४ जनाले ज्यान गुमाएका नेपाल प्रहरी राष्ट्रिय सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जनाएको छ ।
ज्यान गुमाउनेमा १३ पुरुष र एक महिला छन् । असोज १७ गते घटस्थापनादेखि २९ गतेसम्म भएको उक्त दुर्घटनामा ३९ जना गम्भीर घाइते भएका छन् । मोरङमा ९५ स्थानमा द...





























