समाजसेवीले दिए सङ्खुवासभाको बालविकास समाजलाई एक करोड
सङ्खुवासभा । समाजसेवी हीरामणि र सीता घिमिरेले सङ्खुवासभाको खाँदबारीस्थित बालविकास समाजलाई एक करोड रुपैयाँ सहयोग प्रदान गरेका छन् । सङ्खुवासभा–काठमाडौँ जर्नालिष्ट एशोसिएसन र खाँदबारी बालविकास समाजले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा घिमिरे दम्पतीले उक्त सहयोग दिएका हुन् ।
कार्यक्रममा घिमिरे दम्पतीले प्रदान गरेको उक्त रकमको चेक ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले समाजका अध्यक्ष रामप्र...






























