संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । सुनसरी र मोरङका छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित चार जना पक्राउ परेका छन् । सुनसरीको धरान उप-महानगरपालिका-१५ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल दुई हजार एक सय ट्याब्लेट र स्पासपेन दुई हजार एक सय ५० ट्याब्लेटसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा सोही ठाउँका ३१ वर्षीय काजल तामाङ र धरान-७ का २२ वर्षीय एलेन राई रहेका छन् । अस्थायी प्रहरी पोस्ट बरगाछी र अस्थायी प्रहरी पोस्ट तिनकुनेबाट खटिएको प्रहरीले हर्क बहादुर तामाङको घर तलासी गर्दा उक्त परिमाणको लागूऔषधसहित उनीहरूलाई पक्राउ गरेको हो ।

Advertisement

मोरङको विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ एक ग्राम एक सय मिलिग्रामसहित दुई जना पक्राउ परेका छन् । सुनसरी इटहरी उपमहानगरपालिका-१७ का २८ वर्षीय संजिव दङ्गाल समेत दुई जनालाई हिजो दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरूको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यलयबाट थप अनुसन्धान भइरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!