विराटनगरका सामुदायिक विद्यालयमा लापरबाही गर्ने शिक्षकलाई कारबाही गरिने
विराटनगर । सामुदायिक विद्यालयकोे गुणस्तर बढाउन विराटनगर महानगरपालिकाले अनुगमन सुरु गरेको छ । शिक्षा समितिबाट गठित अनुगमन समितिले विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयहरूको अनुगमन सुरु गरेको हो ।
बुधबार र बिहीबार दुई दिनमा टोलीले विराट महेन्द्र रात्रि मावि, जनता नमुना मावि, सत्यनारायण आधारभूत विद्यालय, विराट आधारभूत विद्यालय, दिघी आधारभूत विद्यालय र जनता आधारभूत विद्यालय खोक्स...






























