धनकुटा । धनकुटाबाट जबरजस्ती करणीको आरोपमा एक युवक पक्राउ परेका छन् । १५ वर्षीया बालिकालाई करणी गरेको आरोपमा युवक पक्राउ परेका हुन् ।
धनकुटा नगरपालिका-३ बस्ने सिन्धुलीको सुनकोशी गाउँपालिका-७ गैरीटोलका २१ वर्षीय प्रकाश भनिने लिलाबहादुर विश्वकर्मालाई हिजो साँझ पक्राउ गरिएको धनकुटाका प्रहरी निरीक्षक विष्णु खड्काले जानकारी दिए ।
विश्वकर्माले सोमबार आफ्नै कोठामा लगेर बालिकालाई ललाइफकाई जबरजस्ती करणी गरेको खुलेको उनले बताए । पीडित बालिका पनि सिन्धुलीकै भएको खड्काले जानकारी दिए ।
‘करणी गरेको उजुरी आएपछि उनलाई पक्राउ गरिएको हो’, प्रहरी निरीक्षक खड्काले संगालोखबरसँग भने, ‘घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।’