संगालोखबर

धनकुटा । अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको अवसरमा आज साँझ धनकुटामा दीप प्रज्वलन गरिएको छ । धनकुटा नगरपालिका आप्रवासी स्रोत केन्द्रको आयोजनामा मदनचोकमा दीप प्रज्वलन गरिएको हो ।

Advertisement

दीप प्रज्वलनमा प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेल, धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राईसहित नगरका कर्मचारीहरू, स्थानीयवासी लगायत सहभागि थिए । उनीहरूले ‘अन्तर्राष्ट्रिय आप्रवासन दिवस, १८ डिसेम्बर २०२४’ लेखेर त्यसमाथि दीप प्रज्वलन गरेका हुन् । धनकुटामा सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गरेर अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस मनाइने आप्रवासी स्रोत केन्द्रकी सूचना अधिकृत मञ्जु राईले जानकारी दिइन् ।

धनकुटा नगरपालिकाले जिल्ला प्रशासन कार्यालयमा आप्रवासन स्रोत केन्द्र स्थापना गरेर वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सहजीकरण गर्दै आएको छ । वैदेशिक रोजगारीमा जाने तयारी गर्दै गरेकाहरूलाई सो सम्बन्धी जानकारी दिने, वैदेशिक रोजगारीमा गएकाहरू समस्यामा पर्दा उद्धारमा सहजीकरण गर्ने लगायत काम पनि आप्रवासी स्रोत केन्द्रले गर्दै आएको छ ।

धनकुटाबाट वार्षिक १० हजार भन्दा बढी युवायुवतीहरू वैदेशिक रोजगारीमा जाने गरेको आप्रवासी स्रोत केन्द्रको तथ्याङ्क छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!