- संगालोखबर सम्बाददाता
फायल तस्बीर

झापा । झापाको बुद्धशान्ति गाउँपालिका–३ बाट लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ४१ बर्षीय दिनेश कुमा र ४३ बर्षीय शेषराज सापकोटा छन् ।

जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टावाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका दिनेशको साथबाट ४ ग्राम ब्राउनसुगर र शेषराजको साथबाट १० ग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ ।

Advertisement

त्यस्तै, उनीहरुको साथबाट कोडिन ३ बोतल,नाईट्रोजन २० चक्की र डिजिटल तराजु–१ थान बरामद भएको छ । उनीहरुको कारोवारको बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!