- संगालोखबर सम्वाददाता

बेलबारी । मोरङको बेलबारी नगरपालिका–६ स्थित धैती खोलामा सेल्फी पुल उद्घाटन गरिएको छ । बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले एक कार्यक्रमकाबीच रिवन काटेर र पुलमा गाडी गुडाएर उद्घाटन गरेका हुन् ।

Advertisement

५ लाख ९७ हजार बराबरको लागतमा निर्माण भएको पुलमा बेलबारी नगरपालिकाले ५ लाख ३० हजार रकम उपलब्ध गराएको थियो भने स्थानीयले ६७ हजार बरावरको जनश्रमदान गरेका थिए । पुल नहुँदा ज्यान जोखिममा राखेर हिडनु पर्ने गरेको भएपनि अब सहज भएको स्थानीय इन्द्रकुमार मगरले बताए ।

पुल उद्घाटन गर्दै मेयर सुवेदीले दुर्गम वडाहरूलाई उच्च प्राथमिकता राखेर विकास निर्माणको काम भइरहेको बताए । उनले पुर्वाधार विकाससँगै आधारभूत तहका जनताका लागि नगरपालिकाले बिशेष कार्यक्रमहरु सञ्चालन गरिरहेको जानकारी दिए ।

पुल निर्माणपछि स्थानीयले पुलको नाम ‘सेल्फी पुल’ राखेका छन् । थोरै लगानीमा बनेको सो पुल आकर्षक भएकाले पुलमा युवा युवतीहरु सेल्फी खिच्न आउने क्रम बढेको हुँदा सेल्फी पुल नामाकरण गरिएको स्थानीय मनोज राईले बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!