संगालोखबर सम्वाददाता

झापा । जिल्ला प्रहरी कार्यालय झापाले मोटरसाइकल चोरीमा सम्लग्न सात जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । बिर्तामोड, अर्जुनधारा, कन्काई लगायत क्षेत्रमा चोरीका घटना बढेको गुनासो आएपछि प्रहरीले अभियान नै सञ्चालन गरेर १५ वटा मोटरसाइकल सहित सात जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा इलामको माई–२ का २२ बर्षीय क्षितिज भनिने रोशन तामाङ, २० बर्षीय रोशन बुढाथोकी, माई–६ का २० बर्षीय रोशन गिरी, ३० बर्षीय राजेश गिरी, २० बर्षीय मनिष गिरी, फाल्गुनन्द–३ घर भई बिर्तामोड बस्ने २१ बर्षीय रोशन भनिने पासाङ तामाङ र सिदिङवा–४ का २२ बर्षीय सन्दिप लिम्बु छन् ।

प्रहरी टोलीले चोरी भएको ४ थान मोटरसाइकलसहित सात जनालाई नियन्त्रणमा लिएको हो । अन्य ११ थान मोटरसाइकल पनि विभिन्न स्थानबाट बरामद भएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!