- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटा बहुमुखी क्याम्पसमा अब ‘व्याचलर अफ बिजनेश एडमिनिस्ट्रेशन’ पढाई हुँने भएको छ । यसै शैक्षिक सत्रदेखि व्यवस्थापन संकाय अन्तर्गतको बीबीए पढाई थाल्ने तयारी भइरहेको क्याम्पसले जनाएको छ ।

Advertisement

धनकुटा क्याम्पसमा शिक्षा, मानविकी, व्यवस्थापन बीबीएस, बीएस्सी संकायमा पढाई हुँदै आएको छ । अब, यसै शैक्षिक सत्रदेखि व्यवस्थापन अन्तर्गतको बीबीए पनि पढाई हुँने तयारी भइरहेको क्याम्पस प्रमुख होमबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार यसका लागि पर्याप्त भौतिक संरचना र जनशक्तिसमेत तयार छ । सो कार्यक्रमका लागि विद्यार्थीहरुलाई आवसिय सुविधासहितको शिक्षा प्रदान गरिने क्याम्पस प्रमुख बस्नेतले बताए ।

बीबीए अध्ययनका विषयमा सम्भाव्यता अध्ययन गर्न त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायका सहायक डीन प्राडा.धुब्रकुमार गौतमसहितको टोली धनकुटा आएको छ । बीबीए अध्ययनका विषयमा वुधवार कार्यक्रमसमेत गरिएको छ । कार्यक्रममा त्रिविवि व्यवस्थापन संकायका सहायक डीन प्राडा.गौतम र प्रा.हरी अधिकारीले त्रिविविले सञ्चालन गरेका २४ डिप्लोमा र १२ मास्टर कार्यक्रम मध्ये बीबीए डिप्लोमा कार्यक्रममा पढाई खर्च महंगो भएपनि अध्ययनपछि उत्पादित जनशक्तिको बजार माग राम्रो रहेको बताए ।

यसैवीच, धनकुटा क्याम्पसमा मानवीकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गतको ‘ब्याचलर अफ कम्प्यूटर एप्लिकेशन’ पनि बढाउँने तयारी भईरहेको छ । बीसीएको बिषयमा पनि केन्द्रबाट सम्भाव्यता अध्ययनका लागि टोली आउँदैछ । त्यसपछि केही बर्षभित्रै पढाई सुरु हुँने क्याम्पस प्रमुख बस्नेतले जानकारी दिए ।

२०१२ सालमा स्थापना भएको धनकुटा क्याम्पस त्रिभूवन विश्वविद्यालय भन्दा ४ बर्ष जेठो हो । २०१६ सालबाट त्रिविविको आंगिक क्याम्पसको रुपमा रहदै आएको यस क्याम्पसमा १ हजार ७ सय विद्यार्थी अध्ययनरत छन् । ६० जना प्राद्यापक रहेको क्याम्पसमा ४५ कर्मचारी काम गर्दै आएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!