- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटा वजारमा आइतवार बिहान ट्याक्टरले किच्दा विद्यालय जाँदै गरेकी एक छात्राको मृत्यु भएको छ । धनकुटा–७ सिरवानीमा प्रदेश १–०२–००३ त ६१२ नम्वरको ट्याक्टरले किच्दा धनकुटा–८ पेलेकपाङ्गकी १५ बर्षीया रेविका आठपहरिया राईको घटनास्थलमै मृत्यु भएको हो ।

Advertisement

सिरवानीस्थित त्रिवेणी माध्यमिक विद्यालयमा कक्षा–९ मा अध्ययनरत रेविकालाई विद्यालय जाँदै गर्दा विहान करिब ९ः३० बजे ट्याक्टले किचेको हो । सोही विद्यालयमा कक्षा ५ मा अध्ययनरत बहिनी लोजिनालाई लिएर विद्यालय जाँदै गर्दा ट्याक्टरले किचेर रेविकाको मृत्यु भएको हो । घटनाका प्रत्यक्षदर्शी स्थानीय देवान कान्छाका अनुसार ट्याक्टरले वालुवा अनलोड गर्ने क्रममा ट्रली घोप्टीएर विद्यार्थीलाई लागेको हो । विद्यार्थी आउँदै गरेको अवस्थामा हेलचेक्राई गरेर चालकले वालुवा अनलोड गर्दा घटना भएको उनको आरोप छ ।

स्थानीय देवी श्रेष्ठको निर्माणाधिन घरका लागि बालुवा ल्याएर घोप्टाउँने क्रममा ट्याक्टरको हाईड्रोलिक ट्रली पल्टिएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेन्द्र खड्काले बताए । घटनापछि ट्याक्टर चालक सहिदभूमि–४ का २९ बर्षीय छत्रबहादुर विश्वकर्मा फरार भएका थिए । केही समयपछि उनी जिल्ला प्रहरी कार्यालयको सम्पर्कमा पुगेका छन् । चालक विश्वकर्मा र ट्याक्टरलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । मृतक वालिकाको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ ।

दुर्घटनाका थप तस्वीरहरु

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!