संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटा नगरपालिका–९ वेलहारामा वौद्ध शिक्षा पाठशाला (गुम्वा) बन्ने भएको छ । पूर्वी पहाडमा वौद्ध लामा गुरुहरुको अभावलाई परिपुर्ति गर्ने उदेश्यले पाठशाला बनाउँन लागिएको हो ।

Advertisement

धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले एक कार्यक्रमकाबीच पाठशालाको शिलान्यास गरेका छन् । कार्यक्रममा बोल्दै नगर प्रमुख तामाङले नेपाल वहुधार्मिक, वहुसाँस्कृतिक मुलुक भएकाले सवै खाले धर्मसप्रदायले फुल्न, फल्न पाउनु पर्नेमा जोड दिए । उनले गुम्वा पाठशाला निर्माणका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि जनाए ।

कार्यक्रममा धनकुटा–९ का वडाध्यक्ष सन्दिप रायमाझीले वौद्ध शिक्षा पाठशाला निर्माणका लागि वडा कार्यालयले शुरुदेखि नै सहयोग गर्दै आएको भन्दै आगामी दिनमा पनि सहयोग गर्ने बताए ।

सो अवसरमा वौद्ध धर्मका लामा खेन रेम्वोर्छे तेन्जिङ्ग लामाले सालाङ्ग मोलमपाठ गरेका थिए । साथै, प्रमुख लामा गुरु खेन रेम्वोर्छेले सहभागी श्रद्धालु झजनहरुलाई वङ्ग आशिर्वाद प्रदान गरेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!