- संगालोखबर सम्बाददाता

धनकुटा । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ शनिवार धनकुटा आउँने भएका छन् । नेकपा सचिवालय सदस्यसमेत रहेका थापा केपी ओली समूहले आयोजना गरेको कार्यकर्ता भेलालाई संवोधनका लागि धनकुटा आउँन लागेका हुन् ।

Advertisement

नेकपा जिल्ला कमिटी धनकुटाको केपी ओली पक्षधर समूहले स्थानीय त्रिवेणी माध्यमिक विद्यालयको प्राङ्गणमा शनिवार विहान १० बजेदेखि कार्यकर्ता भेला आयोजना गरेको छ । सोही कार्यक्रमलाई संवोधनका लागि थापा धनकुटा आउँने नेकपा धनकुटाका अध्यक्ष राजेन्द्र राईले बताए ।

उनका अनुसार भेलालाई प्रदेश १ का मुख्यमन्त्री एवं नेकपा स्थायी कमिटि सदस्य शेरधन राई, केन्द्रिय सदस्य तथा प्रदेश अध्यक्ष देवराज घिमिरे, केन्द्रिय सदस्य राजेन्द्र गौतम लगायत नेताहरुले पनि संंवोधन गर्नेछन् ।

केन्द्रमा नेकपाभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेपछि धनकुटामा पनि ओली पक्ष र प्रचण्ड–माधव नेपाल पक्षले वेग्ला वेग्लै कार्यक्रम गर्दै आएका छन् ।

यो पनि हेर्नुहोस्…

गृहमन्त्रीको धनकुटा यात्रा: आउँदा कालो झण्डा, जाँदा कालो बेलुन

 

धनकुटामा गृहमन्त्री थापाले भनेः राजावादीको षड्यन्त्रमा नेकपा फुट्दैछ, एकतावद्ध बन्नुपर्छ

 

धनकुटामा गृहमन्त्रीलाई देखाइयो कालो झण्डा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!