- संगालोखबर सम्वाददाता

विराटनगर । प्रतिनिधिसभा पुर्नस्थापनाको माग गर्दै शनिबार विराटनगरमा जनता समाजवादी पार्टी नेपालले शक्ति प्रदर्शन गरेको छ । संसद् विघटनको विरोध गर्दै संसद् पुर्नस्थापनाको मागसहित जनता समाजवादीले शक्ति प्रदर्शन गरेको हो ।

प्रदर्शनका क्रममा पार्टीका नेता, कार्यकर्ताले प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम खारेज गर, सार्वभौम संसद पुर्नस्थापना गर, संविधानको रक्षा गर लगायत नारा लगाएका थिए । सयौं नेता कार्यकर्ताको उपस्थितिमा विराटनगरको वीरेन्द्रसभा गृहदेखि सुरु भएको विरोध र्याली गोल्छा चौक, जलजला चौक, ट्राफिक चौक हुँदै जनआन्दोलन चौक पुगेर सभामा परिणत भएको थियो ।

सभालाई सम्बोधन गर्दै पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले मधेश विद्रोह र विभिन्न जनआन्दोलनको उपलब्धि स्वरुप प्राप्त भएको संविधानलाई प्रधानमन्त्री ओलीले मरणासन्न हुने गरि प्रहार गरेको र कोमामा पुर्र्याएको बताए ।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीको केन्द्रिय कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवले सरकारको नेतृत्व गलत हातमा परेको दावी गरे । उनले प्रधानमन्त्री ओलीले संघीयता र समावेशीतालाई समाप्त पार्ने खालको कानूनहरु बनाएको जिकिर गरे ।

कार्यक्रममा अन्य वक्ताहरुले प्रधानमन्त्री ओलीले संसद विघटन गरेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई भष्म पार्ने काम गरेको बताएका छन् । उनीहरुले प्रधानमन्त्री ओलीले सत्ता र शक्ति कब्जा गर्ने प्रयास गरेको आरोपसमेत लगाए । प्रधानमन्त्री ओलीले असंवैधानिक रुपमा संसद् विघटन गरेको भन्दै पछिल्लो समय देशव्यापी रुपमा आन्दोलन भइरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!