- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–५ बरडाँडास्थित मध्यपहाडी लोकमार्गमा मंगलवार साँझ मालबाहक ट्रक दुर्घटना भएको छ । संखुवासभाबाट अलैंची लिएर झापा जाँदै गरेको को १ ख ३६३६ नम्बरको ट्रक साँझ करिब ८ बजे पल्टिएको हो ।

Advertisement

दुर्घटनामा परी ट्रक चालक झापाको भद्रपुर नगरपालिका–२ का ४५ बर्षीय मोहन राई घाइते भएका छन् । घाईते राईलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।

ट्रक सडकबाट करिब १ सय मिटर तल खसेर पूर्ण रुपमा क्षति भएको स्थानीयवासी नविन बस्नेतले संगालोखबरलाई जानकारी दिए ।

तस्वीर : नविन बस्नेत

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!