- संगालोखबर सम्वाददाता
फायल तस्वीर

विराटनगर । विराटनगरमा आज बिहान बस भित्र एक युवा मृत फेला परेका छन् । झापाको केरखा घर भएका २५ बर्षीय राज कुमार थापा मृत फेला परेको प्रहरीले जनाएको छ ।

बसपार्कमा मे १ ख ३३३३ नम्बरको यात्रुबाहक बसको सिटमा उनी मृत भेटिएका हुन् । उनको साथमा नेसनल किड्नी सेन्टरको विरामी पुर्जा फेला परेको छ । उनी मृगौलापीडित हुनसक्ने प्रहरीको अनुमान छ ।

Advertisement

घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!