संगालोखबर सम्बाददाता

विराटनगर । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले पर्यटन क्षेत्रलाई गतिशील बनाउँन नीतिगत सुधारका साथै प्रभावकारी योजना कार्यान्वयनलाई प्राथमिकता दिइने बताएका छन् ।

Advertisement

शनिबार मोरङ व्यापार संघ र उद्योग सङ्गठन मोरङले गरेको कार्यक्रममा बोल्दै मन्त्री ढकालले यस्तो बताएका हुन् । उनले पर्यटन क्षेत्रको विकास र सम्वद्र्धनका लागि नीतिगत हिसाबमा बाटो पहिचान हुने किसिमले आफुले काम गर्ने उल्लेख गरे । कोरोना महामारीका कारण थलिएको पर्यटन क्षेत्रलाई पुनः उकास्न आन्तरिक पर्यटन प्रर्वद्धनमा जोड दिन पर्यटन व्यवसायीहरुलाई उनले आग्रह गरेका छन् ।

उनले पर्यटन क्षेत्रको विकास र विस्तारका लागि आवश्यक कानूनी समस्या सुल्झाउन तत्काल गरिनुपर्ने निर्णयका लागि सरोकारवाला मन्त्रालयसँग गर्नुपर्ने समन्वय सहजीकरणका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । राजनीतिक र आर्थिक हिसावमा मुलुककै नेतृत्व लिँदै आएको प्रदेश नं. १ ले पर्यटन क्षेत्रको विकास र समृद्धिका लागि भने उल्लेखनीय उपलब्धि हाँसिल गर्न नसकेको मन्त्री ढकालको बिश्लेषण छ ।

कार्यक्रममा पर्यटन व्यवसायीहरु पुन्य भट्टराई, भविश श्रेष्ठ लगायतले पर्यटन क्षेत्रको विकासका लागि वर्तमान व्यवधानलाई हटाउन नीतिगत परिवर्तन गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरुले विराटनगर विमानस्थलको विस्तारसँगै विराटनगरबाट आन्तरिक तथा बाह्य उडानका लगि नीतिगत पहल गरिदिन पनि मन्त्री ढकालसँग माग राखेका छन् ।

कार्यक्रममा उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुण्डदा, पर्यटन तथा होटल व्यावसायी, सञ्चारकर्मी लगायत उपस्थित थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!