- संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ मा सोमवार १५ जना कोरोना संक्रमित थपिएका छन् । २७५ जनाको पीसीआर परीक्षण गर्दा मोरङ र झापामा ४/४, सुनसरीमा ३, इलाममा २ तथा धनकुटा र तेह्रथुममा १/१ जना कोरोना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मोरङको विराटनगरमा २, बेलबारी र रतुवामाईमा १/१ जना कोरोना संक्रमित थपिएका छन् । झापाको दमक, शिवसताक्षी, भद्रपुर र स्थानीय तह नखुलेका १/१ जनामा संक्रमण देखिएको छ । सुनसरीको इटहरीमा २ र धरानमा १ जनामा संक्रमण देखिएको छ । इलामको इलाम नगरपालिकामा २ जना संक्रमित भेटिएका छन् । धनकुटा नगरपालिकामा पनि एक जना संक्रमित थपिएका छन् । त्यस्तै, तेह्रथुमको फेदापका १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३० हजार नाघेको छ । सोमवार १५ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ३० हजार ११ पुगेको हो । यसैवीच, पछिल्लो २४ घण्टामा प्रदेश १ मा ८० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ७८, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र र विराट मेडिकल कलेजबाट १/१ जना डिस्चार्ज भएका हुन् । योसँगै डिस्चार्ज हुनेका संख्या २९ हजार ३२७ पुगेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!