इलाम र झापामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु
बिराटनगर । इलाम र झापाका दुई छुट्टाछुट्टै स्थानमा बिहिवार सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । इलामको माङसेबुङ गाउँपालिकामा ट्रक दुर्घटना हुँनुका साथै झापामा ट्रकले साइकललाई ठक्कर दिएको हो । इलामको माङसेबुङ–२ भोटेडाँडामा गोलिया बोकेको ना ३ ख २०५ नम्बरको ट्रक दुर्घटना हुँदा ट्रकका सह–चालक पाँचथरको मिक्लाजुङ गाँउपालिका–४ का ३५ बर्षीय किरण राईको मृत्यु भएको हो ।
बिहान पाँचथरको रविबाट दमक...





























