पाँचथरमा श्रीमतीको हत्या गरेर श्रीमानले गरे आत्महत्या

पाँचथरमा श्रीमतीको हत्या गरेर श्रीमानले गरे आत्महत्या

पाँचथर । आफ्नै श्रीमतीलाई बञ्चरो प्रहार गरी हत्या गरेर फरार रहेका एक व्यक्ति झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । पाँचथरको हिलिहाङ–५ सुभाङका ३२ वर्षीय धनबहादुर उभरकोटी घरबाट करिब तीन किलोमिटर पूर्व जङ्गलमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । गत पुस ९ गते मध्यराती श्रीमती ३० वर्षीया दुर्गादेवी उभरकोटीको टाउकोमा बञ्चरो प्रहार गरी हत्या गरेपश्चात् फरार रहेका उनी बुधबार गाउँकै जङ्गलमा झुण्डिएर ...
संसद् विघटनविरुद्ध प्रदेश १ का नागरिक अगुवाको खबरदारी

संसद् विघटनविरुद्ध प्रदेश १ का नागरिक अगुवाको खबरदारी

विराटनगर । प्रतिनिधि सभा विघटन गर्नु असंवैधानिक कदम भएको भन्दै प्रदेश नं. १ का नागरिक समाजका अगुवाहरुले खबरदारी गरेका छन् । बिहीबार विराटनगरमा आयोजित ‘प्रतिनिधि सभा विघटनको बिषयमा वर्तमान राजनीतिक संकट र त्यसको निकास’ बिषयक अन्तरक्रियामा नागरिक समाजका अगुवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद् विघटन गरेको भन्दै विरोध जनाएका हुन् । संसद् विघटनले लोकतान्त्रिक प्रक्रियालाई सं...
धनकुटामा प्रधानमन्त्रीको पुत्ला दहन

धनकुटामा प्रधानमन्त्रीको पुत्ला दहन

धनकुटा । धनकुटामा बिहिबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूको प्रचण्ड–नेपाल समूहले संसद् विघटनको विरोधमा प्रधानमन्त्री ओलीको पुत्ला जलाएको हो । हुलाकटोलस्थित चुवाको बोट ग्रिन पार्क अगाडि भेला भएका विद्यार्थी नेताहरुले पुत्ला जलाएर प्रधानमन्त्री ओलीविरुद्ध नारावाजी गरेका छन् । उनीहरुले संसद् विघटन खारेज गर...
वेथिति निर्मुल पार्न मुख्यमन्त्री राईको निर्देशन

वेथिति निर्मुल पार्न मुख्यमन्त्री राईको निर्देशन

विराटनगर । प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको आर्थिक ममिला तथा योजना मन्त्रालयको वेथितिलाई निर्मुल पार्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । आर्थिक ममिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोलाई बर्खास्त गरेर आफैले मन्त्रालयको जिम्मेवारी सम्हालेका राईले बिहिबार मन्त्रालयमा पुगेर कर्मचारीहरुलाई यस्तो निर्देशन दिएका हुन् । नेकपाभित्रको आन्तरिक विवाद चर्किरहेका बेला आफुविरुद्ध अविश्वा...
प्रदेश १ का चार जिल्लामा थपिए १९ कोरोना संक्रमित, सय डिस्चार्ज

प्रदेश १ का चार जिल्लामा थपिए १९ कोरोना संक्रमित, सय डिस्चार्ज

विराटनगर । प्रदेश १ मा बिहिबार १९ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ९, मोरङमा ५, झापामा ४ र तेह्रथुममा १ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको धरानमा ५, इटहरीमा ३, रामधुनीमा १, मोरङको विराटनगरमा ३, लेटाङ र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको छ । त्यस्तै झापाको विर्तामोड, कनकाई, अर्जुनधारा, मेचीनगरमा १/१ र तेह्रथुमको म्याङ्लुङका १ जनाको पीसीआर रिपोर्ट...
आँखा उपचारको केन्द्र बन्दै विराटनगर

आँखा उपचारको केन्द्र बन्दै विराटनगर

मोरङ । विराटनगर आँखा अस्पताल देशकै अब्बल आँखा अस्पतालका रुपमा चिनिएको छ । नेपाली मात्र होइन, छिमेकी मुलुक भारत, भुटान, बङ्गलादेश लगायतबाट पनि यहाँ बिरामी आउने गर्छन् । सन्तुलित आहार नलिने, हरियो सागसब्जी नखाने, स्वच्छ वातावरणमा नबस्ने, आँखालाई सामान्य रुपमा लिने मानिस नै आँखाका बढी रोगी हुने गरेको चिकित्सकहरु बताउँछन् । सन् २००४ मा भाडाको घरबाट शुरु भएको बिराटनगर आँखा अस्पतालमा अहिले वर्षमा एक ...
विराटनगरवासीलाई सकेसम्म घर बाहिर ननिस्कन महानगरको अपिल

विराटनगरवासीलाई सकेसम्म घर बाहिर ननिस्कन महानगरको अपिल

विराटनगर । विराटनगर महानगरपालिकाले सकेसम्म घरबाहिर ननिस्कन महानगरबासीलाई अपिल गरेको छ । विराटनगरमा वायु प्रदुषण बढेकाले त्यसवाट बच्न महानगरले सकेसम्म घरभित्रै रहन महानगरबासीलाई आग्रह गरेको हो । केही दिनदेखि मौसममा आएको परिवर्तनसँगै विराटनगर महानगर क्षेत्रभित्र वायु प्रदुषण निकै बढेको छ । जसका कारण श्वासप्रश्वासमा कठिनाई हुँने लगायत विभिन्न स्वास्थ्य समस्याहरु देखा पर्ने भएकाले प्रदुषण नियन्त्रण...
शिक्षक श्रेष्ठका हत्यारालाई भएन कारबाही, हत्यारालाई कारबाही र मृतकलाई शहिद घोषणाको माग

शिक्षक श्रेष्ठका हत्यारालाई भएन कारबाही, हत्यारालाई कारबाही र मृतकलाई शहिद घोषणाको माग

विराटनगर । नेवारहरुको साझा राष्ट्रिय संगठन नेवाः देय् देबूले मोरङको मिक्लाजुङका शिक्षक राजेन्द्र कुमार क्षेष्ठका हत्यारालाई कारबाही गर्न माग गरेको छ । नेवाः देय् दबू केन्द्रिय समिति, १ नंम्बर प्रदेश समिति र जिल्ला समिति मोरङले संयुक्त रुपमा मोरङका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाउँदै हत्यारालाई कारबाहीको माग गरेको हो । मिक्लाजुङ–१ स्थित श्री सरस्वती आधारभूत विद्यालयक...
विद्यार्थीलाई जाडो छल्न स्वीटर र टोपी प्रदान

विद्यार्थीलाई जाडो छल्न स्वीटर र टोपी प्रदान

धनकुटा । धनकुटाको भीरगाउँस्थित धर्मोदय प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । देबेनारा समूह विराटनगरको सहयोगमा वीपी कोइराला सोसिलिष्ट इन्टरनेस्नल नेपाल र केयर वोमन नेपालले ६९ छात्रछात्रालाई कपडा वितरण गरेको हो । कार्यक्रममा संस्थाका अध्यक्ष इन्दिरा थापाले विद्यार्थीहरुलाई सुइटर, टोपी लगायत सामाग्री वितरण गरेकी छन् । कार्यक्रममा बोल्दै अध्यक्ष थापाले विद्यालयको शैक्षिक...
प्रदेश १ का चार जनाले थाले मेची–महाकाली पदयात्रा

प्रदेश १ का चार जनाले थाले मेची–महाकाली पदयात्रा

बेलबारी । प्रदेश १ का चार जनाले मेची–महाकाली पद यात्रा सुरु गरेका छन् । धरानका उद्श तामाङ र ईन्द्र कुमार लिम्बु, विराटनगरका निरज बस्नेत र संखुवासभाका नाम्जा भोटेले पदयात्रा सुरु गरेका हुन् । उनीहरुले पदयात्रालाई ‘ह्वाईट क्यान मेची–महाकाली पद शान्ति यात्रा’ नाम दिएका छन् । उद्श दृष्टीबिहिन हुन् भने ईन्द्रले एउटा मात्र आँखाले देख्छन् । सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नक्सा जारी गर...
प्रदेश १ मा थपिए १५ कोरोना संक्रमित, सक्रिय संक्रमितको संख्या ४१०

प्रदेश १ मा थपिए १५ कोरोना संक्रमित, सक्रिय संक्रमितको संख्या ४१०

विराटनगर । प्रदेश १ मा कोरोनाका सक्रिय संक्रमित ४१० जना रहेका छन् । जसमध्ये ३९१ जना होम आईसोलेसनमा छन् । त्यस्तै नोवेल मेडिकल कलेजमा ७, विराट मेडिकल कलेजमा ४, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र मेची अस्पतालमा ३/३, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा २ जना कोरोना संक्रमित उपचाररत रहेको सामाजिक विकास मन्त्रालय कोभिड १९ निगरानी, तथ्याङक संकलन तथा अनुगमन समितिका संयोजक डा. रविन्द्र निरौला...
गरिबका घर–घरमा पुगेर ओढ्ने वितरण

गरिबका घर–घरमा पुगेर ओढ्ने वितरण

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले गरिब, बिपन्न तथा असहायलाई ओढ्ने (व्ल्याङकेट) वितरण गर्न थालेको छ । जेष्ठ नागरिक, अति विपन्न तथा पूर्णअपाङ्गता भएकाहरुलाई चिसोवाट बचाउँन गाउँपालिकाका जनप्रतिनिधिले घर–घरमै पुगेर ओढ्ने वितरण गरिरहेका छन् । गाँउपालिका भित्रका ८२ वर्ष माथिका जेष्ठ नागरिक, ७० वर्ष उमेर पुगेका दलित जेष्ठ नागरिक, अतिविपन्न घरपरिवार र पूर्णरुपमा पूर्णअपाङ्गता भएका ४ सय ११ जनालाई ...
इटहरीमा राजावादीको प्रदर्शनः राजासहितको हिन्दु राज्य बनाएर संघीयता खारेज गर्न माग

इटहरीमा राजावादीको प्रदर्शनः राजासहितको हिन्दु राज्य बनाएर संघीयता खारेज गर्न माग

सुनसरी । राजावादीहरुले वुधवार इटहरीमा प्रदर्शन गरेका छन् । राजसंस्थासहित हिन्दु राज्य कायम गरेर संघीयता खारेज गर्न माग गर्दै राजावादीहरुले प्रदर्शन गरेका हुन् । पूर्वाञ्चलबासी नेपाली जनताका नाममा उनीहरुले सयौं कार तथा मोटरसाईकलसहितको र्याली निकालेका छन् । इटहरीबाट सुरु भएको र्याली प्रदेश १ को राजधानी विराटनगरसम्म जाने आयोजकले जनाएको छ । र्यालीमा सयौं मानिस सहभागि छन् । उनीहरुले राजा र हिन्दु रा...
धनकुटामा इन्सपेक्टरसहित तीन सशस्त्र प्रहरीमा कोरोना संक्रमण

धनकुटामा इन्सपेक्टरसहित तीन सशस्त्र प्रहरीमा कोरोना संक्रमण

धनकुटा । धनकुटामा सशस्त्र प्रहरी निरीक्षकसहित तीन सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालको ल्यावमा पीसीआर परीक्षण गर्दा तीन सशस्त्र प्रहरी पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । १३ जनाको पीसीआर परीक्षण गर्दा ३१, ३८ र ४२ बर्षीय पुरुषमा संक्रमण देखिएको जिल्ला अस्पतालका सूचना अधिकारी राजन प्रसाद पोख्रेलले जानकारी दिए । संक्रमितहरु धनकुटा सदरमुकामस्थित सशस्त्र प्रहरीको छिन्...
झापा र उदयपुरमा सवारी दुर्घटना, तीन जनाको मृत्यु

झापा र उदयपुरमा सवारी दुर्घटना, तीन जनाको मृत्यु

बिराटनगर । झापा र उदयपुरमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परी झापामा दुई र उदयपुरमा एक जनाको मृत्यु भएको हो । झापाको शिवसताक्षी नगरपालिका–८ झिलझिलेमा बसको ठक्करवाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिततर्फ जाँदै गरेको को १ ख ६०९८ नम्बरको बसले बिपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०४३ प ९२१८ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार सुनसरी ...
धनकुटाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ

धनकुटाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ

धनकुटा । धनकुटाबाट लागुऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटा नगरपालिका–१ हिलेका २७ बर्षीय पेम्वा शेर्पा र छथरजोरपाटी गाँउपालिका–२ जोरपाटीका २२ बर्षीय फुर्वा शेर्पा छन् । जोरपाटीस्थित कोशी राजमार्गमा सोमवार दिउँसो सवारी चेकजाँच गर्ने क्रममा को ११ प ७७३१ नम्वरको मोटरसाइकलमा सवार उनीहरुको साथबाट खैरो हेरोइन बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्द अधिकारीले...
उदयपुर सिमेन्टको महाप्रबन्धकमा न्यौपाने नियुक्त

उदयपुर सिमेन्टको महाप्रबन्धकमा न्यौपाने नियुक्त

काठमाडौं । उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धकमा गोपी न्यौपाने नियुक्त भएका छन् । मन्त्रीपरिषद्को सोमवार बसेको बैठकले न्यौपानेलाई महाप्रवन्धक नियुक्त गर्ने निर्णय गरेको हो । रिक्त रहेको महाप्रबन्धक पदका लागि उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयद्वारा गठित छनोट समितिले न्यौपानेसहित ध्रुवबहादुर देवकोटा र भुपेन्द्रप्रसाद अर्यालको नाम मन्त्रीपरिषद्मा सिफारिस गरेको थियो । मन्त्रीपरिषद्को बैठकले नेप...
छथर जोरपाटीका गाउँ–गाउँमा पुगेर अपाङ्गता परिचय पत्र वितरण

छथर जोरपाटीका गाउँ–गाउँमा पुगेर अपाङ्गता परिचय पत्र वितरण

धनकुटा । छथर जोरपाटी गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई गाउँमै पुगेर परिचय–पत्र वितरण गर्न थालेको छ । गाउँ–गाउँमा शिविर गरेर मंगलवारवाट अपाङ्गता परिचय पत्र वितरण थालिएको हो । करुणा फाउण्डेशन नेपालको सहयोगमा पहिलो दिन वडा नं. १ हात्तिखर्कबाट परिचयपत्र वितरण शिविर शुरु गरिएको छ । शिविर उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बूले भत्ता लिन मात्र नभएर बिभिन्न सेवा सुविधाका लागि पनि पर...
सुनसरीमा छुरा हानेर लुटपाट गर्ने दुई जना पक्राउ

सुनसरीमा छुरा हानेर लुटपाट गर्ने दुई जना पक्राउ

सुनसरी । सुनसरीको ईनरुवामा छुरा हानेर लुटपाट गर्ने दुई जना पक्राउ परेका छन् । लुटपाटमा संलग्न रहेका देवानगञ्ज गाउँपालिका–५ घर भई ईनरुवा बस्दै आएका २२ बर्षीय गजेन्द्र प्रसाद ठाकुर र महदेवा गाउँपालिका–५ सप्तरी घर भई ईनरुवा बस्ने २१ बर्षीय मुकेश मण्डललाई प्रहरीले पक्राउ गरेको हो । शुक्रबार बिहान साढे ६ बजे ईनरुवा–२ का अजय पण्डितलाई छुरा हानेर घाईते बनाई नगद तथा मोवायल लुटपाट गरी उनीहरु फरार भएका थ...
धरानबाट खैरो हेरोइनसहित दुई जना पक्राउ

धरानबाट खैरो हेरोइनसहित दुई जना पक्राउ

धरान । धरानबाट खैरो हेरोइनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सोमबार राती करिव १० बजे धरान–१३ बाट स्थानीय २४ बर्षिय सचिन प्रधानलाई खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको हो । शंका लागेर प्रहरीले उनको शरीर तलासी गर्दा पाईन्टको गोजीमा लुकाएको अवस्थामा १ ग्राम खैरो हेरोइन फेला पारेको हो ।प्रधानलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उक्त खैरो हेरोइन मोरङको केराबारी–५ का २४ बर्षिय सन्दिप राईबाट किने...
उदयपुरमा करेन्ट लागेर जंगली भालुको मृत्यु

उदयपुरमा करेन्ट लागेर जंगली भालुको मृत्यु

उदयपुर । उदयपुरको कटारी नगरपालिकामा करेन्ट लागेर जंगली भालुको मृत्यु भएको छ । मिर्चैया–कटारी चुरेखण्डको जङ्गलमा हाइटेन्सन भोल्टेजको विद्युत् तारवाट करेन्ट लागेर भालु मरेको डिभिजन वन कार्यालय त्रिवेणीले जनाएको छ । विद्युत् तारबाट चिसो जमिनमा करेन्ट प्रवाह हुँदा भालुलाई करेन्ट लागेको बताइएको छ । हाइटेन्सनको भोल्टेजबाट कटारी क्षेत्रमा विस्तार गरिएको विद्युतको तार चुरे जङगलका केही भाग र जमिनमास...
झापामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापा । झापाको कन्काई नगरपालिका–५ मा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा झापा गाउँपालिका–३ का १९ बर्षीय सागर लिम्बू छन् । सोमबार दिउँसो करिब ३ बजे बा.२ ख.९२८४ नम्बरको टिपरले को.६ प.२०८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । ठक्करबाट लिम्बूको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ । ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ...
इलाममा खुकुरीले हानेर श्रीमतीको हत्या

इलाममा खुकुरीले हानेर श्रीमतीको हत्या

इलाम । इलामको देउमाई नगरपालिका–८ आमबोटेमा मंगलवार बिहान एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । बिहान करिब साढे ५ बजे घरायसी विवादका क्रममा आमबोटेका ३३ बर्षीय सुवास राईले खुकुरी प्रहार गरी २७ बर्षीया श्रीमती नम्रताको हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सुवासले नम्रताको घाँटीमा खुकुरी प्रहार गरेका छन् । खुकुरी प्रहारवाट नम्रताको घटनास्थलमै मृत्यु भएको हो । घटनाको जानकारी पाएपछि जितप...
धनकुटामा प्रचण्ड–नेपाल समूहका युवाद्वारा शक्ति प्रदर्शन

धनकुटामा प्रचण्ड–नेपाल समूहका युवाद्वारा शक्ति प्रदर्शन

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहका युवाहरुले धनकुटामा सोमवार साँझ शक्ति प्रदर्शन गरेका छन् । राष्ट्रिय युवा संघको अगुवाइमा संसद् विघटनको विरोध गर्दै बजारमा प्रदर्शन गरिएको हो । केही दिन अघि अनेरास्ववियूले आयोजना गरेको मसाल जुलुशमा केपी ओली समर्थक युवाहरुले हस्तक्षेप प्रयास गरेपछि आक्रोसित बनेका प्रचण्ड–नेपाल समूहका युवाहरुले शक्ति प्रदर्शन गरेका हुन् । सयौंको संख्य...
उद्योग वाणिज्य महासंघको प्रदेश अध्यक्षमा ढकाल निर्वाचित

उद्योग वाणिज्य महासंघको प्रदेश अध्यक्षमा ढकाल निर्वाचित

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं.१ को अध्यक्षमा उद्योगी टिकाराज ढकाल निर्विरोध निर्वाचित भएका छन् । झापाको विर्तामोडमा सोेमबार भएको तेस्रो साधारणसभाले विर्तामोडका व्यवसायी ढकाललाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । महासंघको जिल्ला नगरतर्फको उपाध्यक्षमा भीमबहादुर पौडेल, एसोशिएटतर्फको उपाध्यक्षमा राजेन्द्र राउत र कोषाध्यक्षमा रमेश राठी निर्वाचित भएका छन् । यस्तै जिल्ला नगर स...
प्रदेश १ कोरोना अपडेटः संक्रमितको संख्या २९ हजार नाघ्यो, २८ हजार डिस्चार्ज

प्रदेश १ कोरोना अपडेटः संक्रमितको संख्या २९ हजार नाघ्यो, २८ हजार डिस्चार्ज

विराटनगर । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ हजार नाघेको छ । आज १६ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या २९ हजार ८५५ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङमा १३ हजार ११२, सुनसरीमा ८ हजार ९४७, झापामा ४ हजार ६४६, उदयपुर ४९४, इलाममा ४७२, संखुवासभा ३४१, धनकुटामा २०७ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पाँचथरमा १४५, ताप्लेजुङमा १२०, तेह्रथुममा ११९, खोटाङमा ९६...
झापामा खोलाले बगाउँदा बृद्धाको मृत्यु

झापामा खोलाले बगाउँदा बृद्धाको मृत्यु

झापा । झापामा खोलाले बगाउँदा बृद्धाको मृत्यु भएको छ । स्थानीय भुतेनी खोलाले बगाएर हल्दीबारी गाउँपालिका–५ की ७२ बर्षिया हरिमाया बेगाको मृत्यु भएको हो । आईतबार राती करिव साढे ८ बजे खोला तर्ने क्रममा उनलाई बगाएको थियो । बगाएको स्थानभन्दा केही तल दहमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
अब विद्यालय, जिमखाना र सिनेमा हल पनि खुल्ने

अब विद्यालय, जिमखाना र सिनेमा हल पनि खुल्ने

काठमाडौं । कोरोनाको महामारीका कारण ९ महिनायता बन्द रहेका विद्यालयहरुमा अब पठनपाठन सुचारु हुँने भएको छ । कोभिड रोकथामसम्बन्धी उच्चस्तरीय निर्देशक समितिको आइतवारको बैठकले विद्यालय लगायत यसअघि बन्द गरिएका सबै क्षेत्रहरु सञ्चालन गर्न दिने निर्णय गरेको हो । यो निर्णयसँगै विद्यालयसहित जिमखाना र सिनेमा हल पनि खुल्ने भएका छन् । बन्द रहेका अन्य क्षेत्र पनि खुल्नेछन् । तर, कोरोनाको दोस्रो लहरको जोखिम देख...
मोरङमा सुकुम्वासी समस्याको दीर्घकालिन समाधान खोज्न बहस

मोरङमा सुकुम्वासी समस्याको दीर्घकालिन समाधान खोज्न बहस

विराटनगर । मोरङका स्थानीय तहका प्रमुखहरुले भूमिहीन सुकुम्बासीहरुको समस्या समाधानका विषयमा भूमि आयोगसँग छलफल गरेका छन् । आइतबार विराटनगरमा आयोजित अन्तरक्रियामा समस्याको दीर्घकालीन समाधानका विषयमा बहस भएको हो । मोरङका विभिन्न स्थानीय तहहरुमा हजारौंको संख्यामा रहेका भूमिहीन सुकुम्बासीहरुलाई सुरक्षित आवासको प्रबन्ध मिलाउन तथा जग्गाको लालपूर्जा वितरण गर्न भूमि आयोगले नितिगत सुधार गर्नुपर्ने स्थानीय ...
प्रदेश १ का ६९ स्थानीय तहमा अपाङ्गता रोकथाम कार्यक्रम

प्रदेश १ का ६९ स्थानीय तहमा अपाङ्गता रोकथाम कार्यक्रम

विराटनगर । प्रदेश १ सरकारले ६९ वटा स्थानीय तहमा अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम शुरु गरेको छ । गत आर्थिक बर्षदेखि शुरु भएको कार्यक्रम चालु आर्थिक बर्षसम्म आईपुग्दा ६९ वटा स्थानीय तहमा पुयाइएको हो । चालु आर्थिक बर्षमा ३१ वटा स्थानीय तहमा कार्यक्रम शुरु गरिएको छ । अपाङ्गता भएका व्यक्तिहरुका लागि समुदायमा आधारित पुर्नस्थापना कार्यक्रमका लागि आइतवारदेखि विराटनगरमा तालिम पनि शुरु गरिएकोे ...
प्रदेश १ मा थपिए २४ कोरोना संक्रमित, १३३ डिस्चार्ज

प्रदेश १ मा थपिए २४ कोरोना संक्रमित, १३३ डिस्चार्ज

विराटनगर । प्रदेश १ मा आइतवार २४ जना कोरोना संक्रमित थपिएका छन् । ३५८ जनाको पीसीआर परीक्षण गर्दा मोरङमा १३, सुनसरीमा ७, धनकुटामा २ तथा पाँचथर र भोजपुरमा १/१ जना कोरोना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ५, उर्लाबारी, पथरीशनिश्चरे र लेटाङमा २/२, रतुवामाई र बेलबारीमा १/१ जनामा संक्रमण पुष्टि भएको छ । सुनसरीको इटहरीमा ६ र कोशी गाउँपालिकामा १ जनामा संक्रमण देखिएक...
error: Content is protected !!