- संगालोखबर सम्वाददाता

धनकुटा । मोटरसाइकल तथा स्कूटरमा रेक्सओयल इन्जिन आयल प्रयोग गरेवापत धनकुटाका वर्कसप व्यवसायी विकास खड्गीले उपहार स्वरुप टिभी पाएका छन् । रेक्सओयलका लागि नेपालको आधिकारीक विक्रेता एसके नेपाल एण्ड कम्पनीले व्यवसायी खड्गीलाई ४३ ईन्चको टिभी उपहार दिएको हो ।

Advertisement

धनकुटा–६ नासल चौक घर भएका खड्गीले धनकुटा–४ स्थित देव्रेवासमा विकास मोटरसाइकल वर्कसप सञ्चालन गर्दै आएका छन् । वर्कसपमा सर्भिसिङका लागि आएका मोटरसाइकल तथा स्कूटरलाई प्रयोग गर्न रेक्सओयल रोजे वापत उनले टिभी उपहार पाएका हुन् ।

रेक्सओयलका लागि नेपालको आधिकारीक विक्रेता एसके नेपाल एण्ड कम्पनीका प्रमुख कृष्ण पाण्डे र रेक्सओयलको १ नं. प्रदेश विक्रेता एलपी सप्लायर्सका प्रमुख विष्णु पौडेलले वर्कसपमै पुगेर खड्गीलाई टिभी हस्तान्तरण गरेका हुन् । टिभी पाएपछि खड्गीले अन्य इन्जिन आयल जस्तै मूल्य भएर पनि अन्य भन्दा गुणस्तरीय पाएकाले आफुले रेक्सओयल प्रयोग गर्ने गरेको प्रतिक्रिया दिएका छन् ।

टर्कीमा उत्पादन हुँदै आएको रेक्सओयललाई तीन बर्ष अघिबाट एसके नेपाल एण्ड कम्पनीले नेपाल भित्र्याएको हो । अन्र्तराष्ट्रिय उत्पादन भएकाले गाडीमा प्रयोग गर्न रेक्सओयल इन्जिन आयल गुणस्तरीय र भरपर्दो रहेको कम्पनीको दावी छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!