- संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाका १६६ जनाले अपाङ्गता परिचय पत्र लिएका छन् । करुणा फाउण्डेशनको सहयोगमा गाउँपालिकाले ६ वटै वडामा शिविर सञ्चालन गरेर परिचय पत्र वितरण गरेको हो ।

पुस २१ गतेदेखि ७ दिनसम्म सञ्चालित शिविरमा ३९४ जनाले स्वास्थ्य परिक्षण गराएका थिए । शिविरमा ४ जना स्वास्थ्यकर्मी खटाएर अपाङ्गता भएकाहरुको स्वास्थ्य परिक्षण गरी परिचय पत्र वितरण गरिएको हो । १० जनालाई (क) वर्गको रातो, ३८ जनालाई (ख) वर्गको निलो, ४७ जनालाई (ग) वर्गको पहेंलो र ७१ जनालाई (घ) वर्गको सेतो परिचय पत्र वितरण गरिएको गाउँपालिकाले जनाएको छ । परिचयपत्र पाउँनेमा वडा नं. १ का २९, २ का २७, ३ का २८, ४ का २६, ५ का २९ र ६ का २७ जना छन् ।

यस अघि पालिकाबाट १४१ जनाले अपाङ्गता परिचय पत्र लिएका थिए । योसँगै अब अपाङ्गता परिचय पत्र लिनेको संख्या ३१२ पुगेको गाउँपालिकाको महिला तथा बालबालिका शाखाका प्रमुख एलिना निरौलाले जानकारी दिइन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!