- संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ मा आज १५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८, झापा, सुनसरीमा ३/३ र धनकुटा १ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ४, बेलबारी र पथरीशनिश्चरेमा २/२ जनामा संक्रमण देखिएको हो । त्यस्तै झापाको दमकमा २, कचनकवलमा १, सुनसरीको धरान, इटहरी र रामधुनीमा १/१ जना संक्रमित भएका छन् ।

यता, धनकुटाको धनकुटा नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३० हजार ६५ पुगेको छ । जसमध्ये २९ हजार ३८४ संक्रमित निको भइसकेका छन् ।

प्रदेश १ मा होम आईसोलेसनमा रहेका १२ जना कोरोना संक्रमित आज निको भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!