संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाका चार सांसदसहित सातै स्थानीय तहका प्रमुख र उपप्रमुख नेकपाको केपी ओली समूहमा खुलेका छन् । ओली पक्षलाई समर्थन गर्दै उनीहरुले शुक्रवार सामुहिक ऐक्यवद्धता पत्र जारी गरेका छन् । पत्रमा निवर्तमान संघीय सांसद् राजेन्द्र राई, प्रदेश सांसदहरु निरन राई, इन्द्रमणी पराजुली र बीनादेवी राईले हस्ताक्षर गरेका छन् ।

Advertisement

यता, जिल्ला समन्वय समिति प्रमुखसहित सातै तहका प्रमुख र उपप्रमुख पनि ओली समूहमै खुलेका छन् । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, उपप्रमुख शकुन्तला बस्नेत, पाख्रीवास नगरपालिकाका प्रमुख वृषबहादुर राई, उपप्रमुख देवकला तिम्सिना तथा महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपाल र उपप्रमुख मञ्जुकुमारी कार्कीले ओली समूहमै ऐक्यवद्धता जनाएका छन् ।

त्यस्तै, सहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राई, उपाध्यक्ष रत्नश्वरी राई, साँगुरीगढी गाउँपालिकाका अध्यक्ष कुमारजंग याखा, विन्द्रा राई, चौविसे गाउँपालिकाका अध्यक्ष खजिन्द्र राई, उपाध्यक्ष यज्ञकुमारी रुचाल, छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बु र उपाध्यक्ष भीमकला श्रेष्ठले पनि ऐक्यवद्धता पत्रमा हस्ताक्षर गरेर ओली क्याम्पमा लागेका छन् ।

यता, जिल्ला समन्वय समिति प्रमुख टंकबहादुर चुवान ओली क्याम्पमा लागेका छन् भने उपप्रमुख बंगलादेवी राईले ऐक्यवद्धता पत्रमा हस्ताक्षर नगरेर नेकपाको प्रचण्ड–नेपाल पक्षलाई साथ दिएकी छन् ।

नेताको आ-आफ्नो दावी

शुक्रवार नै नेकपा ओली पक्षको जिल्ला कमिटि बैठकपछि अध्यक्ष राजेन्द्र राईले पत्रकार सम्मेलन गरेर जिल्लाका अधिकांस नेता कार्यकर्ता आफ्नो पक्षमा रहेको दावी गरेका छन् । तर, नेकपाका जिल्ला सचिव ऋषिराम ढुंगानाले बिहिबार सूचना जारी गर्दै अध्यक्ष राई नेतृत्वको समूहले बोलाएको बैठक पार्टीको आधिकारीक नभएको जिकिर गरेका थिए । उनले पार्टीको सस्थापन पक्ष प्रचण्ड–नेपाल समूहनै भएको दावी गर्दै नेता कार्यकर्तालाई भ्रममा नपर्न आग्रह गरेका थिए ।

यता, धनकुटाबाट प्रतिनिधित्व गर्ने नेकपाका केन्द्रिय सदस्य हेमराज भण्डारी, जिल्ला सचिव ढुंगानासहित नेकपाका नेताहरु दुर्गा लिंखा, धर्मराज पौडेल, अर्जुन राई लगायत बेग्लै कार्यक्रम गरिरहेका छन् । नेकपाको प्रचण्ड–नेपाल पक्षधर उनीहरुले जिल्लाको सहिदभूमि बाहेक छ वटै पालिकामा पार्टीको कार्यक्रम गरिसकेका छन् ।

सहिदभूमिमा पनि कार्यक्रम गर्ने तयारी भईरहेको उनीहरुले बताएका छन् । प्रचण्ड–नेपाल समूहमा खुलेका नेकपा नेता लिंखा, पौडेल र राई पूर्व एमालेका नेतासमेत हुन् । धनकुटामा ओली पक्ष र प्रचण्ड नेपाल पक्षले बेग्ला बेग्लै कार्यक्रम गरी आफ्नो कार्यक्रमलाई मात्र आधिकारीक भएको दावी गर्दै आएका छन् । उनीहरुले एकले अर्को पक्षको कार्यक्रममा सहभागि नहुँन नेता कार्यकर्तालाई उर्दी जारी गर्ने गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!