संगालोखबर सम्वाददाता
रकम हस्तान्तरण गरिंदै । तस्वीर: विष्णु दाहाल

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले कोरोना संक्रमित भई आइसीयूमा उपचार गराएकी एक महिलाको परिवारलाई आर्थिक सहयोग गरेको छ । महालक्ष्मी–४ चानुवाकी कोरोना संक्रमित ४५ बर्षीया इन्द्रकुमारी विश्वकर्माको परिवारलाई उपचार सहायता स्वरुप २५ हजार प्रदान गरिएको हो ।

दमारस्थित चानुवा माध्यमिक विद्यालयको बार्षिकोत्सवका अवसरमा शनिवार आयोजित कार्यक्रममा महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपाल र उपप्रमुख मञ्जु कार्कीले इन्द्रकुमारीका श्रीमान गोविन्दलाई रकम हस्तान्तरण गरेका हुन् । रुखबाट लडेर गंभीर घाइते भई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल पुर्याइएकी विश्वकर्मामा गत कात्तिक २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । गंभीर अवस्थाकी उनलाई नोबेलको आईसीयूमा राखेर उपचार गरिएको थियो । उपचारकै क्रममा कात्तिक २७ गते उनको मृत्यु भयो ।

Advertisement

यसअघि कात्तिक १९ गते बसेको नगर कार्यपालिकाको बैठकले कोरोना संक्रमित भई आईसीयूमा उपचार गराउँनुपर्ने गंभीर अवस्थाका संक्रमितलाई २५ हजारसम्म उपचार सहायता रकम प्रदान गर्ने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम पहिलो पटक उपचार सहायता रकम प्रदान गरिएको नगर प्रमुख नेपालले बताए । आइसीयूमा उपचार गराउँनु पर्ने नगर क्षेत्रका अन्य संक्रमितलाई पनि उपचार सहायता रकम प्रदान गरिने नगर प्रमुख नेपालले जानकारी दिए ।

यो पनि…

धनकुटाको महालक्ष्मी नगरले कोरोना संक्रमितलाई २५ हजारसम्म उपचार खर्च दिने

 

धनकुटामा रुखबाट लडेर घाइते भएकी महिलामा कोरोना संक्रमण, उपचारका क्रममा मृत्यु

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!