- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले जाडो छल्नका लागि १ हजार २ सय भन्दा बढी विद्यार्थीलाई स्वीटर वितरण गरेको छ । गाउँपालिकाले सञ्चालन गरेको विपन्नसँग अध्यक्ष कार्यक्रम अन्तरगत विद्यार्थीहरुका लागि स्वीटर प्रदान गरिएको हो ।

गाउँपालिका क्षेत्रमा रहेका विद्यालयका प्रद्यानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका प्रमुख तथा प्रतिनिधिलाई सोमवार एक कार्यक्रमकावीच १ हजार २ सय ७१ थान स्वीटर हस्तान्तरण गरी विद्यार्थीहरुलाई प्रदान गर्न पठाइएको हो । गाउँपालिका क्षेत्रका ३९ सामुदायिक विद्यालयका बालबिकासदेखि कक्षा ३ सम्मका १ हजार २ सय ७१ जना विद्यार्थीहरुलाई चिसो मौसममा न्यानो प्रदान गर्न स्वीटर प्रदान गरिएको गाउँपालिका अध्यक्ष मनोज राइले जानकारी दिए ।

गाउँपालिकाले ५ लाख बजेटबाट स्वीटर खरिद गरेर गाउँपालिका भित्रका सवै सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई प्रदान गरेको हो । सोमबार स्वीटर हस्तान्तरण गर्न छुटेका ४ वटा विद्यालयलाई पनि चाडै प्रदान गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यले बताए । एक हप्ताभित्र सवै विद्यार्थीहरुले स्वीटर पाउँने गाँउपालिकाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!