- संगालोखबर सम्बाददाता
सांकेतिक तस्बीर

धनकुटा । सरकारले आगामी बैशाखमा निर्वाचन घोषणा गरेसँगै त्यसका लागि धनकुटामा मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन गर्न वुधवार सर्वपक्षिय छलफल गरिएको छ । जिल्ला निर्वाचन कार्यालयले चुनावका विषयमा जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षिय कार्यक्रम गरेको हो ।

कार्यक्रममा सहभागि राजनीतिक दलका नेता, स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुले मतदाताको सहजताका लागि महालक्ष्मी नगरपालिका, चौविसे गाउँपालिका, पाख्रीवास नगरपालिका, सहिदभूमी गाउँपालिका र साँगुरीगढी गाउँपालिकाका विभिन्न स्थानमा मतदान केन्द्रहरु थप गर्न तथा समायोजन गर्न सुझाव दिएका छन् ।

Advertisement

सझावका विषयमा जिल्ला निर्वाचन कार्यालयले गृहकार्य गरेर आगामी बैठकमा प्रस्तुत गर्ने निणर्य भएको बैठकमा सहभागि काँग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले जानकारी दिए । कार्यक्रममा धनकुटाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, स्थानीय तहका प्रमुख एवं उपप्रमुख, सुरक्षा निकायका प्रमुखसहित विभिन्न संघसस्थाका प्रतिनिधि सहभागि थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!