संगालोखबर सम्वाददाता

सुनसरी । धरानमा बैंकको एटीएम मेसिनबाट पैसा चोरी गर्ने प्रयास गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको कोशी गाउँपालिका–३ स्थित कोशीकटान जुद्धगञ्जका २३ बर्षीय सुभान मन्सुरी छन् ।

Advertisement

धरान उप–महानगरपालिका–१२ महेन्द्रपथ मार्गमा रहेको एनआइसी एसिया बैंकको एटीएम मेसिनबाट पैसा चोरी गर्ने प्रयास गरेकाले उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्र वस्नेतले बताए । ‘पैसा चोर्ने प्रयास गरेको जानकारी आएपछि सीसीटीभी फुटेजका आधारमा पहिचान गरेर पक्राउ गरेका हौं ।’ संगालोखबरसँग डिएसपी बस्नेतले भने–‘पक्राउ परेका मन्सुरीविरुद्ध चोरी उद्योग कसूरमा मुद्दा दायर गरेर कारबाही प्रकृया अघि बढाएका छौं ।’

मन्सुरीले गत आइतवार राती करिब ९ बजे अनुहार छोपेर एटीएम वुथमा प्रवेश गरी सीसीटीभी क्यामेरा ढाकेर पैसा चोरी गर्ने प्रयास गरेको आरोप छ । बैंकले घटनाको बिषयमा जानकारी दिएपछि प्रहरीले सीसीटीभी फुटेज हेरेर मन्सुरीको पहिचान गरी पक्राउ गरेको हो । धरान–१८ स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्रवाट सोमवार साँझ करिब ७ बजे मन्सुरीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

सीसीटीभी फुटेज…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!